Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

पश्चिम नवलपरासीमा एक लाख चालिस हजार मूल्य बराबरको अवैध मालसामान बरामद

प्रतिक्षा खबर
२०७७ चैत्र २, सोमबार २१:३८

उर्मिला यादव यात्री
चैत २
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीेले जिल्लाको बिभिन्न स्थानबाट एक लाख चालिस हजार पाच सय तीस रुपैया मूल्य बराबरको अवैध मालसामान बरामद गरेको छ । प्रहरीका अनुसार जिल्लाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको अवस्थामा करिब १ लाख ३ हजार ६ सय ८० रुपैया मुल्य बराबरको चिनि, रिलेक्स धुप, स्प्राइट १ प्याकेट, बिस्कुट, जिन्स पाइन्ट ११ थान, जेन्स टिसर्ट १३ थान, लेडिज टक्स ७३ पिस, जामा ६ थान, गोलो टिसर्ट ८ थान, , टिसर्ट ११ प्याकेट ३३ थान, खुल्ला टिसर्ट ३ थान, भिजन टिसर्ट ८ पिस, झुल ५ थान, सुरुवाल ६ थान, रिवक मोजा १२ पिस, स्पोर्ट मोजा ७० पिस, कुर्ता शुरुवाल २५ पिस र कोट कपडा १४ थान लगायतका मालसामान रामग्राम नगरपालिका वडा नं. ७ उजैनीबाट बरामद गरेको हो ।
त्यसैगरी जिल्लाबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छली ल्याई लुकाई छिपाई राखेको १८ हजार १ सय ५० रुपैया मुल्य बराबरको चिनि ३ सय ५० किलो र अडहरको दाल ३० किलो रामग्राम नगरपिलाका वडा नं.५ बाट बरामद गरेको छ । त्यसैगरी प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली ल्याई लुकाई छिपाई राखेको करीब १८ हजार ७ सय मुल्य बराबरको ५२ गोटा (अंन्दाजी ८५ किलो.) बोईलर कुखुरा रामग्राम नगरपालिका वडा नं. ४ बाट बरामद गरेको जनाएको छ । बरामद भएका सम्पुर्ण सामान र बोईलर कुखुरा आजै आवश्यक कारवाहीको महेशपुर भन्सार कार्यालय र पशु क्वारेन्टाइन महेशपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर