Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

प्रदेश नं. २ कै ठुलो धनराशि भएको फुटवल प्रतियोगिता महोत्तरीको भंगहामा शुरु, उदघाटन खेलमा त्रिभुवन आर्मी क्लब विजयी

प्रतिक्षा खबर
२०७७ माघ १७, शनिबार १९:१६

महोत्तरी, माघ १७ गते
प्रदेश नं. २ कै ठुलो धनराशि भएको फुटवल प्रतियोगिता महोत्तरीको भंगहामा शुरु भएको छ । भंगहा नगरपालिकाको आयोजना तथा स्थानिय नेशनल युथ क्लवको सहआयोजनामा करिब ३० लाखको लागतमा मेयर गोल्डकप २०७७ को शुभाराम्भ भएकोे हो ।
अखिल नेपाल फुटवल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाको प्रमुख आतिथ्यमा शुरु भएको सो उदघाटन कार्यक्रममा प्रदेश नं. २ का अर्थमन्त्रालयका सचिव काशीराज दहाल, प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमली, महोत्तरीका प्रहरी उपरिक्षक टिका केसी लगायतका खेलप्रेमीहरुको उपस्थिती रहेको थियो ।
शनिवारदेखि शुरु भएको सो प्रतियोगितामा राष्ट्रिय स्तरका ८ वटा क्लवहरुको सहभागिता रहेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लव (काठमाडोै), धरान फुटवल क्लव, नेपाल एपीएफ क्लव (काठमाडौं), सतासीधाम स्पोटिङ्ग क्लव (झापा), लेखनाथ युनाईटेड क्लव (पोखरा), वेङ्गखाडी यूवा क्लव (महोत्तरी), विजय यूथ क्लव (हेटौंडा), बागमती युवा क्लव सहभागी रहेका छन् । माघ २५ गतेसम्म संचालन हुने सो प्रतियोगितामा प्रथम हुनेलाई ५ लाख पुरस्कार र दोस्रो हुनेलाई २ लाख पुरस्कारको व्यवस्था गरिएको छ ।
पहिलो खेलमा त्रिभुवन आर्मी क्लव विजयी
शनिवारदेखि शुरु भएको उदघाटन खेलमा त्रिभुवन आर्मी क्लब काठमाण्डौ विजयी भएको हो । त्रिभुवन आर्मी फुटवल क्लव र धरान फुटवल क्लव बीच भएको खेल बराबरी रोकिएपछी पेनाल्टी सुट आउटमा आर्मी बिजय भएको हो । पहिलो खेल त्रिभुवन आर्मी क्लव र धरान फुटवल क्लव बीच भएको खेलमा पेनाल्टीमा आर्मीका तर्फबाट ६ र धरानको तर्फबाट ५ गोल भएको थियो । धरान फुटवल क्लवको फितलो प्रदर्शन रहेको थियो भने खेल अवधी भरी त्रिभुवन आर्मी फुटवल क्लव हाबी रहेको थियो । खेलको म्यान अफ दि म्याच आर्मीका गोलकिपर विवस चौधरी भएका छन् । चौधरीले ५ हजार नगद र टर्फी सहित सम्मान गरिएको छ । भोली नेपाल एपीएफ क्लव (काठमाडौं) र सतासीधाम स्पोटिङ्ग क्लव (झापा) बीच हुनेछ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर