Advertisement
ताजा खबर
स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवद्वारा क्रिकेट टोलीलाई जितको शुभकामनासहित भव्य बिदाइ इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति सानाे आकारको बजेट ल्याउँदै मधेश सरकार

कोरोनाविरुद्धको खोप उत्पादन गर्ने इन्स्टिच्युटमा भीषण आगलागी

प्रतिक्षा खबर
२०७७ माघ १०, शनिबार १९:५६

प्रतिक्षाखबर
जनकपुरधाम, माघ १० गते
भारतको पुणेस्थित कोरोनाविरुद्ध खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियामा बिहीबार भएको भीषण आगलागीबाट हजार करोड भारतीय रुपैयाँ बराबरको आर्थिक नोक्सान भएको छ ।
कम्पनीका कार्यकारी अधिकृत (सीईओ) अदार पुनावालाले आगलागीबाट हजार करोडभन्दा बढीको सम्पत्ति क्षति भएको जानकारी दिएका हुन् ।
तर कोरोनाविरुद्ध खोपको आपूर्तिमा भने यसले कुनै असर नपरेको उनले बताए । सिरम कम्पनीमा बिहीबार भीषण आगलागी हुँदा ५ जनाको मृत्युसमेत भएको थियो ।
कम्पनीका सीईओ पुनावालाले भनेका छन्, ‘यसको असर कोरोनाविरुद्ध खोप उत्पादनमा पर्दैन । हामीले धेरै कारखानाबाट खोप बनाइरहेका छौं । तर बीसीजी इन्जेक्सनको आपूर्ति प्रभावित हुन सक्छ। यस घटनाबाट ठूलो आर्थिक क्षति भयो ।
यसैबीच सीईओ पुनावालाका पिता एवं कम्पनीका सीएमडी सायरस पुनावालाले आगलगीमा परी मृत्यु भएका पाँच जनाका परिवारलाई जनही २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको बीबीसी हिन्दीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर