Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

केशोर र बयरको माग बढ्दै

प्रतिक्षा खबर
२०७६ माघ १२, आईतवार ११:५६

महोत्तरी : महोत्तरीसहितका किसानलाई केशोर र बयरको माग पूरा गराउन अहिले भ्याइनभ्याइ भएको छ । वसन्तपञ्चमी पर्व नजिकिँदै गर्दा ती मीठो फलको माग बढेको हो ।

सरस्वतीको पूजामा ती फल देवीलाई चढाउने र प्रसादस्वरुप खाने परम्पराले रही आएको छ । किसान अहिले केशोर खन्न, खनिएको फल धुन र बजार पु¥याउन व्यस्त देखिएका छन् । जिल्लाको बर्दिवास, औरही, भङ्गाहा र गौशाला नगरक्षेत्रमा व्यावसायिकरूपमा खेती गरिदैँ आइएको छ । बयरखेती गर्ने किसान पनि अहिले बयर टिप्न र बजार पु¥याउन व्यस्त छन् ।

“ बिहीबार नै श्रीपञ्चमी पर्व छ, बुधबार नै माग गरिएका ठाउँमा सामग्री पु¥याइदिनपर्छ”, महोत्तरीको भङ्गाहा नगरपालिका–५ भूचक्रपुरका बयरखेती गरेका किसान दीपनारायण चौधरी थारूले भन्नुभयो, “के गरौँ बाबु, बयर बिक्ने बेला यही हो, पछि यसको खोजी खासै कसैले गर्दैनन् ।” बयरखेती खासै नफस्टाए पनि बिघौँबिघा केशोरखेती गर्ने किसानचाहिँ प्रशस्त छन् ।

बर्दिवास– ६, ७, ८, ९ , १२ र १३ मा केशोर मुख्य खेतीकै रुपमा गर्ने गरिएको छ । नदीउकास जग्गाको बलौटे माटो भएको खेतबारीमा राम्रो फस्टाउने खेती भङ्गाहा, औरही र गौशाला नगरक्षेत्रमा गरेको देखिन्छ । वसन्तपञ्चमीमा बढी माग हुने गरेकाले अहिले खन्ने चटारो परेको बर्दिवास–७ का किसान पुष्प पौडेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर