जनता समाजवादी युवा संघले शुभकामना अदान प्रदान कार्यक्रम गरेका छन । साेनमा गाउँपालिका वडा नम्बर ३ रघुनाथपुरमा पूर्व सामाजवादी पार्टी नेपाल हालकाे जनता समाजवादी पार्टीकाे भातृसंगठन जनता समाजवादि युवा संघद्वारा कार्यक्रमकाे अायाेजना गरिएकाे थियाे । हिन्दुहरुकाे महान चाडपर्व दशै ,दिपावलि तथा छठ पर्वकाे शुभ उपल्यक्ष्यमा शुभकामना अदान प्रदान कार्यक्रम गरिएकाे युवा नेता शंकर यादवले जनकारी गराएका छन ।कार्यक्रमका प्रमुख अतिथी को आसन बाट बोल्दै प्रदेश सासद काैशल कुमार यादवले भनु भयो युवा देश ,समाज र हरेक परिवारकाे मेरुदण्ड रहेकाे छ र मेरुदण्डबिनाकाे शरिरकाे जसरि अावश्यक्ता हुदैन त्यसरी युवाबिना कुनै कार्य हुन सकिँदैन । देशमा रहेकाे कमनिस्ट सरकार युवालाइ बेराेजगार बनाएका छन हाम्राे पार्टी जनता समाजवादी पार्टी देशमा रहेका हरेक समुदाय हरेक वर्गलाइ समान गरेका छन र हाम्राे पार्टीले मात्र देशमा रहेका बेराेजगारी हटाउन सकिन्छ बाँकी कसैले सकिँदैन त्यसकारण जनता समाजवादी नै यहिलेकाे विकल्प हाे ।
त्यस्तै कार्यक्रममा विशेष अतिथीको रुपमा बोल्दै सोनमा गा पा अध्यक्ष राजकुमार यादवले भनु भयो की मेरो मुख्य लक्ष्य नै युवालाइ अगाडि बढाउनु हाे युवा अगाडि बढे मात्र हाम्राे विकास हुन्छ र हामी अगाडि बढन सक्छाै ।
कार्यक्रमा विद्यार्थी मंचका केन्द्रीय अध्यक्ष लाल बाबू साहले आफ्नो कुरा राख्दै भनु भयो कि जती पनी राजनिती दलहरु छ सबैलाइ युवा अवस्थाबाटै अगाडी बढेका छन त्यसकारण युवालाइ अावश्यक्ता दिनु हाम्राे दायित्व हाे । युवा नभए केही सम्भव नै छैन ।
कार्यक्रममा सम्पुर्ण युवाहरु एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए। त्यस्तै कार्यक्रमको अध्यक्षता समाजवादी युवा संघका गाउपालिका अध्यक्ष कमलेश यादव ले गरेको थियो भने उदघोषण शंकर कुमार यादबले गरेको थियो।
कार्यक्रममा संघिय शिक्षक फोरमका जिल्ला अध्यक्ष कौशल यादव, ,प्रदेश सांसद काैशल कुमार यादव,गाउँपालिका अध्यक्ष राज कुमार यादव,उप प्रमुख विभा देवी साह ,सोनमा गाउँपालिकाका वाडा अध्यक्ष अशोक यादव, महेश यादव, राजदेव यादव,पुलिन्द्र कुमार यादवलगायत युवा,विधार्थिहरुको सहभागीता थियो।









































































































