Advertisement
ताजा खबर
मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न

☰

नाला अभावले वडावासीको सास्ती, वडाध्यक्ष मण्डलद्वारा समाधानको पहल

प्रतिक्षा खबर
२०८१ माघ ९, बुधबार २०:२४

गोपाल झा

महोत्तरी , माघ ९ गते

महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नम्बर १ मा सडक किनारमा नालाको अभावले वडावासीले लामो समयदेखि समस्या भोग्दै आएका छन् ।

वर्षायाममा पानीको निकास नहुँदा सडक जलमग्नहुने र त्यसले गर्दा यातायातमा अवरोध सिर्जना हुने समस्या प्रमुख रहेको छ । यसैगरी, घर तथा पसलका फोहर र पानी सडकमै थुप्रिने समस्या पनि छ, जसले वडावासीको दैनिक जीवनमा कठिनाइ थपेको छ ।

       यस समस्याप्रति वडावासीको गुनासो बढ्दै गएपछि वडा अध्यक्ष मनोज कुमार मण्डलले समस्या समाधानका लागि सक्रियता देखाएका छन् । उनले नाला निर्माण र सरसफाइलाई प्राथमिकतामा राख्दै हालै उक्त क्षेत्रको निरीक्षण गरेका छन् । यस क्रममा वडाध्यक्ष मण्डलले वडावासीसँग प्रत्यक्ष छलफल गर्दै उनीहरुको  समस्या सुने र तत्कालै उपयुक्त कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे ।

वडाका विभिन्न स्थानमा सडक छेउ नाला नहुँदा वर्षायाममा पानी जमेर हिलोमैलो हुन्छ भने  अन्य समयमा पनि निकास नहुँदा फोहर जम्ने र दुर्गन्ध फैलने समस्या रहेको छ । स्थानीयवासीले लामो समयदेखि यस्तो समस्याको सामना गरिरहे पनि हालसम्म स्थायी समाधान नभएको गुनासो गरेका छन् ।

        वडाध्यक्ष मण्डलले निरीक्षणपछि वडावासीलाई समस्या समाधानका लागि छिटै नाला निर्माण कार्य सुरु गर्ने आश्वासन दिए । उनले भने, नाला निर्माणसँगै नियमित सरसफाइलाई प्राथमिकता दिन वडापालिकाले योजना बनाएको छ । यस कार्यमा वडावासीको सहकार्य आवश्यक छ । उनले थपे कि सडक किनारमा रहेको फोहर व्यवस्थापनका लागि नियमित रुपमा सरसफाइ अभियान सञ्चालन गरिनेछ ।

वडाध्यक्ष मण्डलको पहल र स्थानीयवासीको सहकार्यले नाला सरसफाइ अभियानलाई प्रभावकारी बनाउन सकिने देखिएको छ । यस कार्यले यस क्षेत्रको वातावरणीय समस्या समाधानमा दीर्घकालीन सुधार ल्याउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर