Advertisement
ताजा खबर
रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता

☰

डा. केसीको मागलाई बेवास्ता गरेको भन्दै जलेश्वरमा धर्ना

प्रतिक्षा खबर
२०७७ आश्विन २०, मंगलवार १९:२३

प्रतिक्षा खबर
रामगाेपालपुर, असोज २० गते ।
अनशनरत डा.गोविन्द केसीको समर्थनमा महोत्तरीको जलेश्वरमा शान्तिपूर्ण धर्ना दिइएको छ । केसीका माग जायज हुँदाहुँदै सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले बीच सडकमा बसेर धर्ना दिएका हुन् ।
जलेश्वरको बुद्धिजीवी चोकमा मंगलबार दिउँसो १ बजेदेखि साढे १ बजेसम्म चिकित्सा शिक्षा सुधारको माग गर्दै २३ दिनदेखि अनशनमा बसेका डा. केसीको पक्षमा नेपाली काँग्रेस, सूचना, सञ्चार तथा प्रचार विभागका केन्द्रीय सदस्य बजरंग नेपालीको नेतृत्वमा धर्ना दिइएको हो ।
डा.केसीको समर्थन एवं उनको जीवन रक्षा तथा जायज मागहरूप्रति ऐक्यबद्धता र संघिय सरकारको गैरजिम्मेवारीपनकाबिरूद्ध आफुहरुले शान्तिपूर्ण धर्ना दिएको नेविसंघ महोत्तरीका अध्यक्ष आशुतोष झा नविनले जानकारी दिए ।
नागरिक सरोकार बिरोधी सरकार मुर्दावाद, मेडिकल माफियाको दादागिरी बन्द गर, डा.गोवीन्द केसीको माग पुरा गरलगायतका नारा लेखिएको प्लेकार्ड सहित उनीहरूले धर्ना दिएका छन् ।
धर्नामा नेपाली कांग्रेस सूचना,सञ्चार तथा प्रचार विभागका केन्द्रिय सदस्य बजरंग नेपाली , नेपाली कांग्रेस महोत्तरीका नगर सभापति अशोक साह, नेता लबराजा सिंह, तरुण दलका जिल्ला अध्यक्ष बिनय यादव , क्षेत्रीय सभापति दिलिप पाण्डे , जलेश्वर उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष राजु साह, नेविसंघका जिल्ला नेता आशुतोष झा, सुनिल सुमन, निवेश मण्डल, नेविसंघका नगर सभापति बादल साहलगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर