Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

२४ घण्टामा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि

प्रतिक्षा खबर
२०७७ आश्विन १०, शनिबार १८:५२

१० असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १२०७ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १००१९ नमुना परीक्षण गर्दा ४११ महिला र ७९६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ७१ हजार ३४१ पुगेको छ । उनीहरुमध्ये ४६७ जनाको मृत्यु भएको छ भने ५३ हजार १३ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्र ११४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ७२४ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५८३, ललितपुरका ७८ र भक्तपुरका ६३ जना छन् ।
यस्तै मोरङका ७८ जना, रुपन्देहीका ७३, बाँकेका ३०, दाङका २८, पर्साका २४, सुनसरीका २३, काभ्रे र मकवानपुरका १७/१७ जना, सिन्धुली र डोटीका १५/१५ जना, अछामका १३, चितवनका १२, सप्तरीका ११, कास्की र नवलपरासीका १०/१० तथा झापा, धादिङ, रामेछाप र बर्दियाका ७/७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रौतहट र रोल्पाका ६/६ जना, गुल्मी, प्युठान र दार्चुलाका ५/५ जना, धनुषा, बारा, सर्लाही, सिन्धुपाल्चोक, तनहुँ र स्याङ्जा ४/४ जना, गोरखा, कपिलवस्तु र पाल्पाका ३/३ जना, भोजपुर, नुवाकोट, अर्घाखाँची र बझाङका २/२ जना तथा उदपयपुर, सोलुखुम्बु, महोत्तरी, सिराहा दोलखा, नवलपुर, लमजुङ, बाग्लुङ, सल्यान, कञ्चनपुर र बैतडीका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर