Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लकडाउनमा दुर्घटना कमहुनुसंगै प्रदेश २ मा १४० जनाको मात्र मृत्यु

प्रतिक्षा खबर
२०७७ भाद्र २९, सोमबार १९:०४

नितेश यादव
रामगाेपालपुर, भदौ २९ गते ।
प्रदेश २ मा बन्दाबन्दी तथा निषेधाज्ञाको अवधिमा सवारी दुर्घटना र दुर्घटनाबाट ज्यान गुमाउनेको संख्यामा कमि भएको छ । पूर्व–पश्चिम महेन्द्रराजमार्गमा पर्ने प्रदेश २ का आठै जिल्लामा सवारीको चाप निकै बढी हुन्छ तर पछिल्लो ६ महिनामा दुर्घटनामा कमि आएको हो ।
प्रदेश २ का मुख्य सहर वीरगञ्ज, जनकपुर र राजविराजमा समुदायस्तमै कोरोना भाइरसको संक्रमण फैलिएकोले स्थानीय स्तरमा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिको निर्णय अनुसार लकडाउन तथा निषेधाज्ञा जारी हुँदै आएको छ ।
आर्थिक वर्ष ०७५÷७६ मा रौतहटमा सबैभन्दा बढी १ सय ८० जनाको सवारी दुर्घटना भएको थियो । भने सबैभन्दा बढी सिरहामा ८७ जनाको सवारी दुर्घटनामा परी ज्यान गुमाउनु परेको थियो । योसँगै प्रदेश २ मा जम्मा ९ सय १४ वटा सवारीदुर्घटना र ४ सय ९६ जनाको दुर्घटनाबाट मुत्यु भएको थियो ।
त्यसैगरी, आर्थिक वर्ष ०७६÷०७७ मा प्रदेश २ मा १ हजार ३ सय ४० वटा सवारीदुर्घटना भएको थियो । प्रदेशभरीमा जम्मा ४ सय २० जनाको दुर्घटनामा ज्यान गुमाउनु परेको थियो ।
पछिल्लो २ आर्थिक वर्षको तुलानामा विगत ६ महिनाको लकडाउन अवधिमा सवारीदुर्घटना र मृत्यु हुनेको संख्यामा कमि आएको छ । चैत ११ देखि भदौ २७ सम्ममा प्रदेश २ मा १ हजार ७९ वटा दुर्घटना मध्ये १ सय ४० जनाको मात्र मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।
सबैभन्दा बढी सप्तरीमा २०८, सिरहामा ७०, धनुषामा १६८, महोत्तरीमा ११३, सर्लाहीमा १९१, रौतहटमा १६३, बारा १२३ र पर्सामा ४३ वटा दुर्घटना भएको छ भने सबैभन्दा बढी सिरहामा २९, सप्तरीमा १७, धनुषामा २०, महोत्तरीमा १६, सर्लाही र रौतहटमा १४ /१४, बारामा २५ र पर्सामा ५ जनाको मात्र दुर्घटनामा मृत्यु भएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराका तथ्यांकमा उल्लेख छ ।
सरकारले गएको चैत ११ देखि १ सय २० दिन सम्म कोरोना माहामारी रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गर्यो । त्यस यता स्थानीय प्रशासन एवं सुरक्षा समितिको निर्णय बमोजिम जिल्लागत रुपमा लकडाउन तथा निषेधाज्ञा लागू हुन थाल्यो । जारी लकडाउन तथा निषेधाज्ञामा अत्यावश्यक स्वास्थ्य सामाग्रीको गाडी, खाद्यान्यको गाडी, तरकारीको गाडी र एम्बुलेन्स बाहेकका सबै सवारीसाधन बन्द गरेको कारण दुर्घटनामा कमि आएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराका प्रहरी उपरीक्षक श्यामकुमार महतो बताउँछन् ।
पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जमा पछिल्लो २ दिन देखि सर्त बमोजिम बजारमा सबै किसिमको पसल खुल्छन् । त्यस्तै जनकपुरमा जोरविजोर प्रणालीबाट गाडी चल्ने भएको छ । जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको आइतबारको निर्णय अनुसार किराना पस, फलफुल र तरकारी पसलहरु बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरिएको छ भने निषेधित बाहेक अन्य पसलहरु ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।
त्यस्तै, जिल्ला प्रशासन कार्याल सप्तरीले जिल्लागत रुपमा नभई राजविराज नगरपालिकामा मात्र लागू हुने गरि निषेधाज्ञा जारी गरेको छ । टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर