Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

दुई समुदायमा झडप हुँदा सात राउण्ड अश्रु ग्यास प्रहार

प्रतिक्षा खबर
२०७७ भाद्र २७, शनिबार १४:३९

जनकपुरमा दुई समुदायबीच झडप हुँदा प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा दुई पक्षबीच शनिबार बिहान झडप भएपछि प्रहरीले सात राउण्ड अश्रु ग्यास प्रहार गरेको प्रहरीले जनाएको छ ।
झडप नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए । केही दिनअघि सकिएको मुस्लिमहरूको मोहरम्म पर्वसम्बन्धमा सामाजिक सञ्जालमा कोही व्यक्तिले टिप्पणी गरेको विषयमा दुबै पक्षबीच झडप भएको थियो ।
दुबै पक्षबीचको झडप उग्र रुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गर्नु परेको उनले बताए । देवपुरा रुपैठा नजिकै रहेको फुलगामा चौकीबाट पुगेको सई नेतृत्वको टोलीले स्थिति नियन्त्रणमा लिन नसकेपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली त्यहाँ पठाइएको छ ।
स्थिति बिग्रन नदिन घटनास्थलमा ५५ भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । दुबै पक्षका मानिस तितरबितर भएर अहिले अवस्था नियन्त्रणमा रहेको डीएसपी मिश्रको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर