Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

जनप्रतिनिधि र क्रसर माफियाले पत्रकारको जिब्रो काट्ने दिए धम्की

प्रतिक्षा खबर
२०७७ भाद्र २६, शुक्रबार १७:४९

महोत्तरी : महोत्तरीको बर्दिबास नगरपालिका ६ किसान नगरमा क्रसर माफियाले नदी उत्खनन गर्न तटबन्ध भत्काएको समाचार लेख्ने पत्रकारलाई जनप्रतिनिधिले हात र जिब्रो काट्ने धम्की दिएका छन्।

तीन दिनअघि पत्रकारद्वय ललन मण्डल र सुरेन्द्र सिंहले क्रसर माफियाको बदमासीबारे समाचार प्रकाशन गरेका थिए। सोही विषयलाई लिएर अहिले सामाजिक सञ्चालमा हिंसालाई बढावा दिने खालको टीप्काटिप्पणी भइरहेको छ। कारण हो– क्रसर माफियासँग जनप्रतिनिधिको साँठगाँठ।सुमित बालुवा प्रशोधन उधोगले रातु नदीमा अवैध उत्खननका लागि बाटो बनाउन तटबन्ध भत्काएको समाचार बाहिर ल्याएपछि बर्दिबास नगरपालिका–७ का वडाध्यक्ष फाल्गुण सुसलिङ मगरले फेसबुकमा स्टाटस लेखे। उक्त स्टाटसमा बाबु चौलागाईको नामको व्यक्तिले पत्रकारको ‘हात र जिब्रो काट्ने’ भन्दै कमेन्ट बक्समा टिप्पणी गरे।चैलागाईंले गरेको टिप्पणीमा वडाध्यक्ष मगरले ‘हजुर, त्यसको लागि त तयार छु जुध्न’ भनी रिप्लाई गरेका छन्। वडाध्यक्ष मगरको भाषा आपत्तिजनक छ।

उनले पत्रकारलाई तानाशाही शैलीमा जे पनि गर्न सक्छन् भन्ने स्पष्ट भएको छ।वडाध्यक्षले प्रयोग गरेको भाषाप्रति पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ,प्रेस नेपाल, प्रेस संगठन नेपाल, बर्दिबास नगर पत्रकार संजालले आपत्ति जनाएका छन्। महासंघका महोत्तरी अध्यक्ष कमलेश मण्डलले विज्ञप्ति जारी गरी भनेका छन्, ‘जनप्रतिनिधिले गरेको टिप्पणी हिंसालाई बढावा दिएको हाम्रो ठम्याइ छ।‘आफ्नो वडा–नगरमा अवैध उत्खनन गर्ने कार्य नरोक्ने, विकास संरचनाको संरक्षणतर्फ उदासीन देखिने तर यी विषय उठाउने पत्रकारविरुद्ध हात काट्ने र जिब्रो थुत्नेसम्मका टिप्पणीमा समर्थन जनाउने जनप्रतिनिधको काम उदेक लाग्दो नै छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसरी प्रेस स्वतन्त्रताको धज्जी उडाउने र पेसामाथि नै प्रहार हुने गरी भएको घटनाको घोर भत्र्सना गर्दछौं।महासंघले दोषीमाथि छानबिन गरी सम्मानजनक र सुरक्षित रुपमा पत्रकारलाई काममा लाग्ने वातावरणको सिर्जना गर्न जनप्रतिनिधिहरु, सुरक्षा निकाय र सरोकारबाला सबैसँग अपिल गरेको छ। साथै घटनाको सत्यतथ्य बुझ्न ५ सदस्य छानबिन समितिसमेत महासंघले गठन गरेको छ।

हेमकुमारी बराल (सुनिता)को संयोजकत्वमा राजकरण महतो, विक्रम रौनियार, गोपाल बराल र अनिता खनाल सदस्य रहनेगरी छानबिन समिति गठन गरिएको छ। समितिले ७ दिनभित्रै प्रतिवेदन पेस गरेपछि महासंघ महोत्तरीले थप निर्णय गर्ने जनाएको छ। यस्तै बर्दिबास नगर पत्रकार सञ्जालका अध्यक्ष विक्रम प्रसाद रौनियार र प्रेस संगठन नेपाल महोत्तरीका संयोजक राजकरण महतो र प्रेस नेपालकाे महाेतरी अध्यक्ष नागेन्द्र कुमार यादवले समेत संयुक्त रुपमा विज्ञप्ति जारी गरेर पत्रकारलाई जनप्रतिनिधिले प्रयोग गरेको धम्कीपूर्ण भाषाप्रति आपत्ति जनाएका छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर