Advertisement
ताजा खबर

६ महिनापछि सुरु भयो नियमित अन्तर्राष्ट्रिय उडान

प्रतिक्षा खबर
२०७७ भाद्र १७, बुधबार १६:२३

१७ भदौ, काठमाडौं । करिब ६ महिनापछि बुधबारदेखि नेपालबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।
कोरोना महामारी रोकथामका लागि २०७६ चैत पहिलो हप्ता बन्द भएको अन्तर्राष्ट्रिय उडान बुधबार सुरु भएको हो । बुधबार हिमालय एयरको जहाजबाट स्वदेश फर्किन लागेका चिनियाँ नागरिक विमानस्थलमा प्रवेश गरेका छन् ।
जहाज बुधबार ४ बजेपछि चीनतर्फ उड्ने तालिका छ । चीनमा हिमालयले नियमित उडानका लागि सेप्टेम्बर महिनाका लागि कुल तीन उडान गर्दैछ । यस दौरान लकडाउन र कोरोना भाइरसको महामारीपछि उडान बन्द हुँदा नेपालमै अड्किएका चिनियाँ नागरिक आफ्नो मुलुक फर्कने छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर