Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

नेपालमा कोरोनाबाट प्रत्येक ४ घण्टामा एकजनाले ज्यान गमाउँदै, प्रदेश २ पहिलाे स्थानमा

प्रतिक्षा खबर
२०७७ भाद्र १०, बुधबार ०९:०२

प्रतिक्षा खबर

साेनमा, भदौ १० गते ।

कोरोना भाइरस संक्रमणबाट पछिल्लो केहीदिनयता मृत्युदर ह्वात्तै बढेको छ। भदौका १० दिनमा ६० जनाको मृत्यु भएको छ। यस हिसाबले हेर्दा सरदर दैनिक ६ जना र प्रतिघण्टा ४ जनाको ज्यान जान थालेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, साउनसम्म कोरोनाका कारण मृत्युदर ०.४ प्रतिशत थियो। अहिले वृद्धि भई ०.५ प्रतिशत पुगेको छ। साउन ३२ गतेसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या १ सय ४ थियो। मंगलबार १ सय ६४ पुगेको छ। नेपालमा संक्रमितको पहिलो मृत्यु जेठ २ गते भएको थियो।
मंगलबार काठमाडौंका ३ सहित ७ जनाको मृत्यु भएको छ। काठमाडौंकी ७४ र ७१ वर्षीया महिलासहित ६६ वर्षीय पुरुषको निधन भएको हो। त्यस्तै धनुषाका ७६, पर्साका ६८, रूपन्देहीका ५६ र सिरहाका २२ वर्षीय पुरुषको मृत्यु भएको छ।
मृत्यु भएकामध्ये सबैभन्दा बढी प्रदेश २ का छन्। प्रदेश २ का हालसम्म ६८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको हो। वाग्मती प्रदेशमा चिनियाँ नागरिकसहित ३५ जनाको मृत्यु भएको छ। प्रदेश ५ मा २२, प्रदेश १ मा १९, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ८/८ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा सबैभन्दा कम कर्णाली प्रदेशमा ४ जना छन्।
हालसम्म सबैभन्दा बढी भदौ ५ गते ११ जनाको मृत्यु भएको छ भन्ने भदौ ८ गते १० जनाको ज्यान गएको छ। त्यस्तै भदौ ९ गते ७ जनाको ज्यान गएको छ। १० दिन सातायता संक्रमणदर वृद्धि हुनुका साथै मृत्युदर पनि बढेको छ। सागरकुमार राजभण्डारीका अनुसार मृत्यु हुनेमा पहिलादेखि दीर्घ समस्यासँग जुधिरहेका र औषधि सेवन गरिरहेका व्यक्ति छन्। संक्रमण ६० वर्षभन्दा कम उमेरकामा बढी भए पनि मृत्युदर भने त्यसभन्दा बढी उमेरमा बढी छ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार, कम संक्रमित भएकै उमेर समूहमा मृत्युदर बढी हुनु गम्भीर संकेत हो। ‘समुदायमा फैलँदै गएको खण्डमा मृत्युदर झन् बढ्न सक्ने सम्भवना रहेकाे जनाएकाे छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर