Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

रामगाेपालपुर नगरपालिकामा बाेलन नसकिने महिलामाथि गरिएकाे सामुहिक बलत्कारकाे घटनालाइ मिलाउन चलखेख शुरु

प्रतिक्षा खबर
२०७७ श्रावण २९, बिहीबार २०:२८

महोत्तरीको रामगोपालपुर नगरपालिकामा बोल्न नसक्ने एक महिलामाथि सामूक बलत्कार भएकाे छ । गरिएकाे सामूहिक बलात्कारको घटना ढाकछोप गर्ने प्रयास भएको छ। राजनीतिक शक्ति र पैसाको चलखेल गरी घटना मिलाउने प्रयास गरेको स्थानीयले बताएकाे छ । गएको साउन १० गते राति ९ बजे रामगोपालपुर नगरपालिका ५ कँचनपुरकी बोल्न नसक्ने एक ३५ वर्षीया महिला शौच गर्न गएको बेला स्थानीय दुई युवकले रुमालले मुख बाँधेर उखुबारीमा लगेर बलात्कार गरेका थिए। घरबाट करिब ३ सय मिटर दक्षिण उखु खेतमा महिलामाथि बलात्कार भएको थियो।
त्यस क्रममा महिला चिच्याएपछि स्थानीयले थाहा पाउँदा दुवै युवक भागेका थिए। दुवै युवकको कपडा र मोबाइल घटनास्थलबाटै प्रहरीले बरामद गरेकाे थियाे।
पीडितका अनुसार स्थानीय २६ वर्षीयविनाेद मण्डलकाे छाेरा जितु मण्डल र सत्रुधन मुखियाकाे छाेरा खुर्के मुखियाले बलात्कार गरेका थिए। घटनाको भोलिपल्ट साउन ११ गते पीडितले स्थानीय इलाका प्रहरी कर्यालय रामगोपालपुरमा उजुरी दिएपनि हालसम्म प्रहरीले बलात्कार आरोपीलाई पक्राउ गर्न सकेको छैन।
घटनालाई पावर र पैसाको बलमा स्थानीय राजनीतिकर्मीहरुले दुवै पक्षलाई मिलाउने प्रयास गरेको एक स्थानीयले बताए। फरार भनिएका युवाहरु खुलेआम घुमिरहेका स्थानीयले बताएका छन्। त्यसबारे स्थानीयले जानकारी दिएपनि प्रहरीले आफूलाई फुर्सद नभएको बताउने गरेकाे स्थानीयकाे आराेप छ।
यता इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी निरीक्षक कैलाश भट्टराईले घटनास्थलबाट बरामद भएको दुई युवकको कपडा र मोबाइल जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जिम्मा लगाएको बताए। पीडितले दिएको उजुरी पनि जिल्लामा पठाएको र फरार आरोपीहरुको खोजबिन भइरहेको उनको भनाई छ।
घटनालाई मिलाउन खोजेको विषयमा आफूलाई कुनै जानकारी नभएको उनले बताए। यश विषयमा थप जनकारी पाउन वाडाकै वडा अध्यक्ष जितेन्द्र चाैधरीलाइ पटक पटक फाेन गरेपनि उहाले फाेन उठाएका छैन ।घटना मिलाउनमा ६लाख रुपैयाकाे बार्गेनिगं भइरहेकाे र यसकाे मुख्य भुमिका खेल्न वाडा नम्बर ५कै वडा अध्यक्ष जितेन्द्र चाैधरी रहेकाे स्थानियहरुकाे अाराेप रहेका छन । घटना मिलाउन चाैधरी अाफनाे प्रयास जारि राखेकाे र पिडितलाइ दवाब दिदैयाइरहेकाे बताइएकाे छ ।घटना भएकाे एक हप्ताभन्दा बढी भएपनि पिडितलाइ न्यायदिनुकाे साटा माेलजाेल हुन थालेका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर