Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

सप्तरीमा थप एक संक्रमितको मृत्यु

प्रतिक्षा खबर
२०७७ श्रावण २८, बुधबार १२:१२

२८ साउन, सप्तरी
सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै सप्तरीमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
पछिल्लो पटक मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय वृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
उनलाई चार दिनअघि ज्वरो आएको थियो । ज्वरो आउँदा उनले स्वाब परीक्षण गर्न दिएका थिए । मंगलबार राति रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा ल्याउन एम्बुलेन्स पुगेको थियो । एम्बुलेन्समा चढेलगत्तै उनको मृत्यु भएको स्वास्थ्य कार्यालयका एक कर्मचारीले बताए ।
उनी यसअघि मुटु सम्बन्धी रोगी थिए भने थाइराइड, सुगर, उच्च रक्तचापबाट समेत पीडित थिए ।
यसअघि जिल्लाको रुपनी गाउँपालिका ५ गढियाका ४५ वर्षीय पुरुष र सदरमुकाम राजविराज ६ निवासी ७२ वर्षीय वृद्धमा कोरोना संक्रमण भएर मृत्यु भएको थियो । वृद्धको गत साउन १ गते र ४५ वर्षीय पुरुषको गत १९ साउनमा मृत्यु भएको थियो ।
हालसम्म देशभर कोरोना संक्रमणबाट ८४ जनाले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर