Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

पाकिस्तान सरकारले जम्मु–कश्मीर, लद्दाख र गुजरातको जुनागढलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरे

प्रतिक्षा खबर
२०७७ श्रावण २१, बुधबार ११:२९

पाकिस्तान सरकारले जम्मु–कश्मीर, लद्दाख र गुजरातको जुनागढलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ । यो नक्सालाई भने भारतले खारेज गरेको छ ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मंगलबार नयाँ नक्सा जारी गरेको जानकारी दिँदै यसलाई ऐतिहासिक भनेका छन् । नयाँ नक्सा जारी गर्ने मन्त्रिपरिषद निर्णयको सबै विपक्षी दल र पाकिस्तान प्रशासित कश्मीरी नेताहरुले स्वागत गरेको खानले बताएका छन् ।
उनले भनेका छन्, ‘पाकिस्तानको नयाँ राजनीतिक नक्साले पाकिस्तानी जनताको उमंगलाई प्रतिनिधित्व गर्दछ । पाकिस्तान र कश्मीरका जनताको सैद्धान्तिक विचारधाराको समर्थन गर्दछ ।
भारतले गत वर्ष अगष्टमा जम्मु–कश्मीरलाई दिइएको विशेष राज्यको दर्जा खारेज गरेको थियो भने लद्दाखलाई अलग्गै राज्य बनाएको थियो । यसको पहिलो वर्षगाँठको पूर्वसन्ध्यामा पाकिस्तानले नयाँ नक्सा जारी गरेको हो ।
भारतले भने पाकिस्तानले जारी गरेको नयाँ नक्सालाई खारेज गरेको छ । भारतीय विदेश मन्त्रालयले त्यसलाई राजनीतिक मूर्खता भनेर टिप्णी गरेको छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भारतीय राज्य गुजरात र हाम्रो केन्द्र शासित प्रदेश जम्मु–कश्मिर र लद्दाख क्षेत्रमा यो आधारहीन दाबी हो । यसको न कानुनी वैधता छ, न अन्तर्राष्ट्रिय विश्सनीयता। अनलाईन खबर

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर