Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले पुनः गरेका अबराेध

प्रतिक्षा खबर
२०७७ श्रावण १७, शनिबार ०८:२६

पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले पुनः अवरोध गरेका छन् ।

अवरोधकैबीच संक्रमितको शव व्यवस्थापन गरिएको छ ।
वीरगञ्ज महानगरपालिका–३१ मिलनचोकमा स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले आधा दर्जन सेल अश्रु ग्यास प्रहार गरेको थियो ।
शव व्यवस्थापन गाउँ नजिकैको जगंलमा गर्न नदिने भन्दै मिलन चोक, नौकाटोल र पसरामपुरका बासिन्दा प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारीले प्रहार गरेको ढुंगा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तलाई समेत लागेको छ । प्रहरीतर्फ ७ जना सामान्य घाइते छन् । स्थानीय घाइते भएनभएको जानकारी आउन सकेको छैन ।
शव व्यवस्थापनका लागि जंगल क्षेत्रमा जाने क्रममा नेपाल प्रहरी र नेपाली सेनाको टोलीलाई मिलन चोकमा स्थानीयले ढुंगा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । भिडलाई नियन्त्रणमा लिन आधा दर्जन सेल अश्रु ग्यास प्रहार गर्नु परेको एसपी पन्तले जानकारी दिइन् । उनले भनिन्, ‘सम्झाइ बुझाइ गर्दा पनि नमानेर उल्टै प्रहरीलाई नै ढुंगा हान्न थाले । आधा दर्जन जति अश्रुग्यास हानेर भिडलाई तितर वितर पारेर शव व्यवस्थापनका लागि जंगल पठायौं ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी गौतम थापाले शव राति नै व्यवस्थापन गरिएको जानकारी दिए ।
गाउँ नजिकै जंगलमा शव गाड्दा आफूहरुलाई हानी गर्न सक्ने डरले स्थानीयले विरोध गरेको मिलन चोकका प्रकाश अर्याल बताउँछन् । ‘पहिलो पटक संक्रमितको शव ल्याउँदा पनि प्रदर्शन भएको थियो, अर्को पटक नल्याउने भनेपछि प्रदर्शन रोकिएको हो । दोस्रो पटक टेडाका बासिन्दाले बाटैमा रोकेर फर्काइदिए,’ उनले भने, ‘तेस्रो पटक शव ल्याउँदा मिलन चोकमा झडप नै भयो ।’
१५ साउन बिहीबार वीरगञ्जमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीन जनाको मृत्यु भएको थियो । जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय, वीरगञ्ज–१६ नगवाका ३५ वर्षीय र वीरगञ्ज–२ छपकैयाका ६५ वर्षीय पुरुषको शव व्यवस्थापन गरिएको छ । अनलाइन खबर

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर