Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले पुनः गरेका अबराेध

प्रतिक्षा खबर
२०७७ श्रावण १७, शनिबार ०८:२६

पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले पुनः अवरोध गरेका छन् ।

अवरोधकैबीच संक्रमितको शव व्यवस्थापन गरिएको छ ।
वीरगञ्ज महानगरपालिका–३१ मिलनचोकमा स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले आधा दर्जन सेल अश्रु ग्यास प्रहार गरेको थियो ।
शव व्यवस्थापन गाउँ नजिकैको जगंलमा गर्न नदिने भन्दै मिलन चोक, नौकाटोल र पसरामपुरका बासिन्दा प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारीले प्रहार गरेको ढुंगा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तलाई समेत लागेको छ । प्रहरीतर्फ ७ जना सामान्य घाइते छन् । स्थानीय घाइते भएनभएको जानकारी आउन सकेको छैन ।
शव व्यवस्थापनका लागि जंगल क्षेत्रमा जाने क्रममा नेपाल प्रहरी र नेपाली सेनाको टोलीलाई मिलन चोकमा स्थानीयले ढुंगा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । भिडलाई नियन्त्रणमा लिन आधा दर्जन सेल अश्रु ग्यास प्रहार गर्नु परेको एसपी पन्तले जानकारी दिइन् । उनले भनिन्, ‘सम्झाइ बुझाइ गर्दा पनि नमानेर उल्टै प्रहरीलाई नै ढुंगा हान्न थाले । आधा दर्जन जति अश्रुग्यास हानेर भिडलाई तितर वितर पारेर शव व्यवस्थापनका लागि जंगल पठायौं ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी गौतम थापाले शव राति नै व्यवस्थापन गरिएको जानकारी दिए ।
गाउँ नजिकै जंगलमा शव गाड्दा आफूहरुलाई हानी गर्न सक्ने डरले स्थानीयले विरोध गरेको मिलन चोकका प्रकाश अर्याल बताउँछन् । ‘पहिलो पटक संक्रमितको शव ल्याउँदा पनि प्रदर्शन भएको थियो, अर्को पटक नल्याउने भनेपछि प्रदर्शन रोकिएको हो । दोस्रो पटक टेडाका बासिन्दाले बाटैमा रोकेर फर्काइदिए,’ उनले भने, ‘तेस्रो पटक शव ल्याउँदा मिलन चोकमा झडप नै भयो ।’
१५ साउन बिहीबार वीरगञ्जमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीन जनाको मृत्यु भएको थियो । जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय, वीरगञ्ज–१६ नगवाका ३५ वर्षीय र वीरगञ्ज–२ छपकैयाका ६५ वर्षीय पुरुषको शव व्यवस्थापन गरिएको छ । अनलाइन खबर

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर