Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

पत्रकार दुव्र्यवहार गर्नेलाई कार्वाहीको माग गर्दैैै जिप्रकामा निवेदन

प्रतिक्षा खबर
२०७७ श्रावण ७, बुधबार २०:०४

राजविराज । सूचनाको हकबाट वञ्चित गरी आफुमाथि हातपात गर्ने कर्मचारीलाई विभागिय कार्वाहीको माग गर्दै पत्रकार बैद्यनाथ यादवले प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिएका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवको नेतृत्वमा पत्रकारहरुको संयुक्त टोलीले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई निवेदन दिएका हुन् । एभिन्यूज टेलिभिजनका सप्तरी सम्वाददाता समेत रहेका पत्रकार यादवले आफु राजविराज स्थित कृषी ज्ञान केन्द्रमा सूचना संकलन गर्न जाँदा कार्यालय प्रमुख नभेटिएपछि योजना शाखा प्रमुख किसुनदेव राउत र बाली संरक्षण अधिकृत दिनेशचन्द्र यादवले आफुलाई स्टेन्डअप दिने क्रममा चारैतिरबाट घेरा हालीे हातपातको प्रयास गर्दै क्यामरा समेत खोस्ने प्रयास गरेको निवेदनमा उल्लेख छ ।
राष्ट्रसेवककर्मचारीले प्रचलित ऐन कानून बमोजिम दिनुपर्ने सूचना दिन इन्कार गरी कार्यालय परिसरभित्रै आफुलाई अपमानजनक तथा अभद्र व्यवहार गालीगलौज समेतका कार्य गरेको निवेदनमा जनाईएको छ । निवेदनमा अगाडि भनिएको छ ‘आफ्नो पदीय दायित्व तथा जिम्मेवारीबाट विमुख भई गालीगलौज, बेइज्जती र हातपात गर्दै क्यामरा समेत खोस्ने प्रयास गर्ने कर्मचारीहरुलाई प्रचलित ऐन कानून बमोजिम विभागिय सहित अन्य कार्वाही समेत गरी स्वतन्त्रतापूर्वक समाचार संकलन गर्ने वातावरण बनाई दिनुहुन अनुरोध छ ।’
प्रमुख जिल्ला अधिकारी आचार्यलाई निवेदन बुझाउनकालागि नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश कुमार झा, महासंघका प्रदेश सचिव रामनारायण विश्वास, महासंघ सप्तरीका सहसचिव चन्दन यादव, फोटो पत्रकार महासंघ सप्तरीका अध्यक्ष मनोज कुमार माझी, उपाध्यक्ष नविन गुप्ता, सचिव विद्यानन्द राम, मनोहर कुमार पोखरेल, दिनानाथ यादव, सौरभ यादव लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर