Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

साउदीबाट फर्किँदा पाकिस्तानी हवाई क्षेत्र छलेर आए मोदी

प्रतिक्षा खबर
२०८२ बैशाख १०, बुधबार १८:०१

नयाँ दिल्ली ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलापछि आफ्नो साउदी अरेबिया भ्रमण छोट्याएर भारत फर्किएका छन् । तर, भारत फर्कने क्रममा मोदी चढेको विमानलाई डाइभर्ट गरिएको थियो ।

यो विमान पाकिस्तानी हवाई क्षेत्र भएर आएन । विमान भारतीय प्रायद्वीपबाट अरब सागर हुँदै गुजरात भएर दिल्ली पुगेको थियो । साउदी जाँदा मोदी चढेको विमान पाकिस्तानको हवाई क्षेत्र भएर गएको थियो ।

मोदी दुई दिने भ्रमणका क्रममा मङ्गलवार साउदी अरब गएका थिए । तर सोही दिन पहलगाममा आतङ्कवादी हमलाको जानकारी पाएपछि उनी राति नै भ्रमणलाई बिचैमा छोडेर भारत फर्किए ।

रिपोर्टका अनुसार साउदी युवराजसँगको द्विपक्षीय सम्बन्धमा छलफल पछि मोदी रात्रि भोजमा बसेनन् । मध्यरात पछि लगभग २ बजे मोदी भारत फर्किए । दुई दिने भ्रमण पूरा गरेर मोदी बुधवार मात्रै स्वदेश फर्कने कार्यक्रम थियो ।

फर्कने क्रममा मोदीको विमानले आफ्नो रुट परिवर्तन गर्‍यो । उडान ट्र्याक गर्ने वेबसाइटका अनुसार जाँदा मोदी सवार भारतीय वायुसेनाको विमान पाकिस्तानी हवाई क्षेत्र भएर गएको थियो । तर फर्कने यात्रामा, विमान सिधै अरब सागर हुँदै भारतीय प्रायद्वीप पार गरेर गुजरातको आकाशमा छिर्‍यो अनि  दिल्ली पुग्यो ।

यतिबेला विमानले पाकिस्तानको हवाई क्षेत्रलाई छल्यो ।  आतङ्कवादी हमलापछि सुरक्षाको कारणले विमानको रुट परिवर्तन गरिएको विश्वास गरिएको छ । विमान नयाँ दिल्लीको पालम विमानस्थलमा अवतरण गरेपछि प्रधानमन्त्री मोदीले विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरे ।

यसअघि नै मोदीले गृहमन्त्री अमित शाहसँग फोनमा कुरा गरेर आवश्यक कदम चाल्न र कश्मीर पुग्न निर्देशन दिएका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर