Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

१६ सांसदले फेरि गराए काेराेना परीक्षण

प्रतिक्षा खबर
२०७७ जेष्ठ ३०, शुक्रबार १९:१३

बजेट अधिवेशन सुरु हुनुअघि कोरोना संक्रमण परीक्षण गराएर संसद बैठकमा सहभागी भएका १६ जना सांसदले पुनः कोरोना संक्रमण परीक्षण गराएका छन् ।
उनीहरु कोही उपत्यकाबाहिर गएका र कोही कोरोना संक्रमणको जोखिम क्षेत्रमा गएको जानकारी पाएपछि संसद सचिवालयले पुन परीक्षण नगराई बैठकमा सहभागी हुन दिएको छैन ।
संसद सचिवालयका स्वास्थ्य शाखाका डा. पुष्प रिजालले १६ जना सांसदले पुनः परीक्षण गरेको जानकारी दिए । पुनः परीक्षणका लागि आवश्यक समन्वय गरिदिएको डाक्टर रिजालले बताए ।
पुनः परीक्षण गराउने सांसदहरुमा पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महरा, पूर्वमन्त्री समेत रहेका सांसद मातृका यादव, किसान श्रेष्ठ, पदम गिरी, केदार सिग्देल, गंगा चौधरीलगायत छन् ।
संसदको चालु अधिवेशन सुरु हुनु अगावै गत वैशाख २५ र २६ गते सांसदहरुको कोरोना परीक्षण गरिएको थियो ।
त्यसबेला संसद सचिवालयले संसद बैठकमा सहभागी सांसदहरुले पालना गर्नुपर्ने आचारसंहिता जारी गरेको थियो । जसमा घरमै क्वारेन्टिनमा बस्नुपर्ने, राजधानी छोड्न नहुनेलगायत उल्लेख छ ।
आचारसंहिताको पालना नगरी राजधानी बाहिर गएका र कोरोना संक्रमितको सम्पर्कका पुगेका सांसदहरु पुनः परीक्षण गरेका हुन् ।
सांसदलगायत संसद भवन प्रवेश गर्नेहरुलाई पीसीआर परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ ।
संसद सचिवालयले सांसदको परीक्षणका लागि समन्वय गरिदिएको तर, खर्च सचिवालयले नब्यहोरेको बताएको छ ।
हालै परीक्षणका लागि नमुना दिएकी सत्तारुढ दल नेकपा सांसद गंगा चौधरीले आफैंले खर्च गरेको बताइन् । ‘१५ हजार जति लाग्ने रहेछ’ सांसद चौधरीले अनलाइनखबरसँग भनिन्

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर