Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

प्रदेश २मा थप चार वटा पिसिआर मेसिन थपिने

प्रतिक्षा खबर
२०७७ जेष्ठ २६, सोमबार १९:४६

जनकपुरधाम । कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले प्रदेशमा थप चार वटा पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेको छ ।
निर्देशक समितिको आज सम्पन्न बैठकले पिसिआर मेसिन संचालनमा रहेको जनकपुर, विरगंज र राजविराजको ल्याबमा एउटा –एउटा र रौतटहको गौर अस्पतालमा नयाँ ल्याब सेटअप गर्ने गरि चारवटा पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेको हो ।
समितिले परीक्षण तथा उपचारको लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ ।
यसै गरि समितिले प्रदेशमा कोरोना परीक्षणलाई तीब्रता दिन थप ५० हजार भिटिएम खरिद गर्ने निर्णय गरेको छ । यसकोृ साथै परीक्षणमा प्रयोग हुने रिएजेन्ट लगायतका सामग्री समेत खरिद गर्न समितिले समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ।
निर्देशक समितिले तेस्रो मुलुकबाट आउने नागरिकलाई प्रदेश प्रवेश विन्दुमा नेपाली सेनाले होल्डिङ्ग एरिया बनाई व्यवस्थापन गर्ने र काठमाण्र्डौ देखी तोकिएको क्वारेन्टाइन सम्म जाँदाको खाना , खाजा आर्दि खर्च प्रदेश सरकारले तीर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारले स्वदेश आउन चाहने नागरिकहरुको समन्वय र सहयोग गर्ने जिम्मेवारी आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई दिएको छ ।
लकडाउनको कार्यान्वयन तथा व्यवस्थापनका लागि स्थानीय तह, स्थानीय प्रशासन र निजी क्षेत्रका संघ संस्थाहरुको सहकार्य आवश्यक रणनीति लागु गर्ने निर्णय समेत गरिएको ।
यस अघि आजै विहान सम्पन्न पिसिएमसीको बैठकले दिएको सुझावको आधारमा निर्देशन समितिले यस्तो निर्णयहरु गरेका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर