Advertisement
ताजा खबर
रसुवा बाढी अपडेट : १५७ शव फेला रसुवा बाढीमा १३३ भन्दा बढी जलविद्युत् कर्मचारी र कामदार सम्पर्कविहीन हालसम्म ९५ जनाको शव भेटियो बालेनलाई मोदीको फोन, भने- सम्भव भएका सबै सहायताका लागि भारत तयार छ लुम्बिनीका तीन सांसदसँग जसपा नेपालले माग्यो २४ घण्टे पुनः स्पष्टीकरण मधेसवादी दललाई सरकार बाहिर राख्न कांग्रेस, एमाले र नेकपा एकमत सरकारी कार्यदलद्वारा वीरगञ्ज चिनी कारखानाको स्थलगत निरीक्षण ड्युटीमा खटिएको प्रहरीलाई कुटपिट गर्ने युवकविरुद्ध ५ दिन म्याद थप दूधको मूल्य नपाएर सडक आन्दोलनमा उत्रिन बाध्य किसानहरूको पक्षमा सर्वोच्चकाे ऐतिहासिक फैसला साेनमा गाउँपालिकाबाट अशाेक कुमार यादव बने ‘स्टार वडाध्यक्ष’ 

क्वारेन्टाइनमा एक जनाले गरे अात्महत्या

प्रतिक्षा खबर
२०७७ जेष्ठ १८, आईतवार ०९:२५

१८ जेठ, काठमाडौं । गुल्मीको क्वारेन्टाइनमा राखिएका एक व्यक्तिले आत्महत्या गरेका छन् । गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामका ५६ वर्षीय चन्द्रबहादुर परियारले झुण्डिएर आत्महत्या गरेका हुन् ।
उनी शनिबार मात्रै भारतको नयाँदिल्लीबाट आएका थिए । उनलाई सुनौली नाकाबाट उद्धार गरी आदर्श माविको क्वारेन्टाइनमा राखिएको थियो ।
छत्रकोट गाउँपालिका–४ का वडा अध्यक्ष डिलाराम न्यौपानेका अनुसार क्वारेन्टाइनभन्दा दुई सय मिटर टाढाको रुखमा झुण्डिएको अवस्थामा परियारको शव फेला परेको थियो । घाँटीमा उनको आफ्नै गलबन्दीको पासो थियो ।
छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तका अनुसार चन्द्रबहादुरले दिल्लीमै पनि आत्महत्याको प्रयास गरेका थिए । गाउँपालिका अध्यक्ष पन्तले भने, ‘परिवारका सदस्यहरुले भनेअनुसार उनले एक–डेढ महिना अगाडि दिल्लीमा पनि आत्महत्याको प्रयास गरेका रहेछन् । अप्रिय घटना होला भनेर दिल्लीमा रहेका उनका आफन्तले नेपाल पठाइदिएका रहेछन् ।’
चन्द्रबहादुरसहितका व्यक्तिहरुलाई छत्रकोट गाउँपालिकाले गाडीको व्यवस्था गरी सुनौली नाकाबाट शनिबार उद्धार गरेर ल्याएको थियो । चन्द्रबहादुर गाउँमा आउनासाथ परिवारका सदस्यहरुले क्वारेन्टाइनमा बस्दा आवश्यक पर्ने सामान के–के ल्याइदिनुपर्छ भनेर सोधेका थिए । तर, चन्द्रबहादुरले केही पनि सामान चाहिँदैन भनेको गाउँपालिका अध्यक्ष पन्त बताउँछन् ।
चन्द्रबहादुरसहित आदर्श माविको क्वारेन्टाइनमा ३० जनालाई राखिएको थियो ।
छत्रकोट गाउँपालिका–४ का वडा अध्यक्ष डिलाराम न्यौपानेले घटनाबारे दिएको जानकारी अनुसार
शनिबार क्वारेन्टाइनमा राखिएकाहरुको स्वास्थ्यकर्मीहरुले स्वास्थ्य जाँच गरिरहेका थिए । हामी व्यस्त थियौं । शनिबार साँझ करिब साढे ६ बजेतिर शौचालय जान्छु भनेर कोठाबाट निस्किनु भएछ ।
स्वास्थ्य जाँच्दै जाने क्रममा एक जना मान्छे खै ? शौचालय गएको चन्द्रबहादुर खै ? भनेर खोजी सुरु भयो । क्वारेन्टाइनमा नभेटिएपछि भागेको थाहा भयो । वरपर खोज्दै जाँदा स्कुलभन्दा करिब दुई सय मिटर टाढा रुखमा झुण्डिएको अवस्थामा भेटियो । करिब एक घण्टाको बीचमा हामीले शव फेला पार्यौं ।
आत्महत्या गर्नुको कारण थाहा छैन । प्रहरीले मुचुल्का उठाएर अनुसन्धान जारी राखेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर