Advertisement
ताजा खबर
लुम्बिनीका तीन सांसदसँग जसपा नेपालले माग्यो २४ घण्टे पुनः स्पष्टीकरण मधेसवादी दललाई सरकार बाहिर राख्न कांग्रेस, एमाले र नेकपा एकमत सरकारी कार्यदलद्वारा वीरगञ्ज चिनी कारखानाको स्थलगत निरीक्षण ड्युटीमा खटिएको प्रहरीलाई कुटपिट गर्ने युवकविरुद्ध ५ दिन म्याद थप दूधको मूल्य नपाएर सडक आन्दोलनमा उत्रिन बाध्य किसानहरूको पक्षमा सर्वोच्चकाे ऐतिहासिक फैसला साेनमा गाउँपालिकाबाट अशाेक कुमार यादव बने ‘स्टार वडाध्यक्ष’  रवि लामिछानेको चीन भ्रमण स्थगित तीन वर्षीया बालिका घर नजिकै मृत फेला अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समिति गठन, आठ जिल्लाको जिम्मेवारी बाँडफाँट मन्दिरमा चोरी गर्दागर्दै रहमान मियाँ पक्राउ

सरकारी कार्यदलद्वारा वीरगञ्ज चिनी कारखानाको स्थलगत निरीक्षण

प्रतिक्षा खबर
२०८३ भाद्र ९, मंगलवार २०:३१

९ भदौं, वीरगञ्ज । लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुन: सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदलले मंगलबार स्थलगत निरीक्षण गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ १ गते वीरगञ्ज चिनी कारखाना पुन: सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरेको थियो । सोही कार्यदलले आज कारखाना परिसर पुगेर स्थलगत निरीक्षण गरेको छ ।

कारखानाको वर्तमान अवस्था, उपलब्ध संरचना तथा पुन: सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधारबारे स्थलगत जानकारी लिन कार्यदलले निरीक्षण गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयबाटै खारेजीमा परेको वीरगञ्ज चिनी कारखानाको वर्तमान अवस्था, विगतमा भएका निर्णय, कारखाना पुन: सञ्चालनका लागि यसअघि तयार गरिएका अध्ययन तथा प्रतिवेदन र अब चाल्नुपर्ने आवश्यक कदमबारे कार्यदलले अध्ययन गर्नेछ ।

निरीक्षणका क्रममा कारखाना परिसरमा रहेका भवन, कारखानाका विभिन्न संरचना, मेसिनरी, उपकरण तथा पार्टपुर्जाको अवस्थासमेत अध्ययन भइरहेको छ । ती संरचनाको वर्तमान अवस्था कस्तो छ र पुन: सञ्चालनका क्रममा तिनलाई उपयोग गर्न सकिने वा नसकिनेबारे पनि कार्यदलले मूल्याङ्कन गर्नेछ ।

कारखाना पुन: सञ्चालनका लागि आवश्यक पर्ने सम्भावित लगानी, संरचना मर्मत तथा पुनर्निर्माण, मेसिनरीको अवस्था र उत्पादन सञ्चालनका लागि आवश्यक पूर्वाधारलगायत विषयलाई समेत अध्ययनको दायरामा राखिएको छ ।

मन्त्रालयले गठन गरेको कार्यदलको संयोजकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सीडीई श्रीकान्त यादव रहेका छन् । सदस्यमा मन्त्रालयकी शाखा अधिकृत ज्योति पौडेल र उद्योग मन्त्रालयका सल्लाहकार श्याम शर्मा रहेका छन् ।

कार्यदललाई आफ्नो अध्ययन पूरा गरी १५ दिनभित्र मन्त्रालयमा प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । स्थलगत निरीक्षणसहित आवश्यक अध्ययन पूरा गरेपछि कार्यदलले वीरगन्ज चिनी कारखाना पुन: सञ्चालन गर्न सकिने अवस्था, त्यसका लागि आवश्यक प्रक्रिया तथा सम्भावित कार्ययोजनाबारे सरकारलाई सुझाव दिनेछ ।

वीरगञ्ज चिनी कारखाना लामो समयदेखि बन्द अवस्थामा रहेकाले यसको सम्पत्ति तथा संरचना जीर्ण बन्दै गएको छ । कारखाना पुन: सञ्चालनको विषय विगतदेखि नै चर्चामा रहेपनि ठोस निर्णय र कार्यान्वयन हुन सकेको छैन ।

पछिल्लो पटक सरकारले औपचारिक रूपमा सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेपछि कारखाना पुन: सञ्चालनको सम्भावनाबारे फेरि बहस सुरु भएको छ ।

स्थलगत निरीक्षणपछि तयार हुने कार्यदलको प्रतिवेदनले कारखाना पुन: सञ्चालनका लागि आवश्यक प्राविधिक, आर्थिक तथा व्यवस्थापकीय पक्षबारे स्पष्ट आधार दिने अपेक्षा गरिएको छ । सरकारले सोही प्रतिवेदनका आधारमा कारखाना पुन: सञ्चालनका सम्बन्धमा थप निर्णय लिनेछ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर