Advertisement
ताजा खबर
रवि लामिछानेको चीन भ्रमण स्थगित तीन वर्षीया बालिका घर नजिकै मृत फेला अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समिति गठन, आठ जिल्लाको जिम्मेवारी बाँडफाँट मन्दिरमा चोरी गर्दागर्दै रहमान मियाँ पक्राउ दुई लाख घुससहित विद्यालय व्यवस्थापन समिति सदस्य पक्राउ मिटरब्याज साहुहरु उत्रिए आन्दोलनमा चकलेटको प्रलोभनमा ३ वर्षीया बालिकालाई करणी गरि हत्या : दुई जना पक्राउ साहु–महाजनको आन्दोलन र धार्ना ठमाडौंमा आज पनि जारी विद्यालयबाट फर्किरहेका बालिकालाई खोलाले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता लुम्बिनी सरकारमा जसपा नेपालका सांसदलाई मन्त्री बनाएकोमा अग्रगामी मोर्चाको आपत्ति

अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समिति गठन, आठ जिल्लाको जिम्मेवारी बाँडफाँट

प्रतिक्षा खबर
२०८३ भाद्र ६, शनिबार १२:२३

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको विशेष उपस्थितिमा जनकपुरधाममा सम्पन्न अग्रगामी मोर्चाको मधेश प्रदेशस्तरीय बैठकले प्रदेश समन्वय समिति गठन गर्दै आठवटै जिल्लामा जिल्ला समन्वय समिति गठन गर्ने जिम्मेवारी बाँडफाँट गरेको छ।

बैठकले मधेश प्रदेशमा मोर्चालाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै संगठन विस्तार तथा जनपरिचालन गर्ने निर्णय गरेको छ। बैठकबाट प्रदेश समन्वय समितिमा विभिन्न घटक दलका प्रतिनिधिहरूलाई समेटिएको छ।

प्रदेश समन्वय समितिमा जसपा नेपालबाट बालकिशोर प्रसाद यादव र रामविनोद चौधरी, जनमत पार्टीबाट गजानन्द यादव र रामप्रसाद मण्डल, आम जनता पार्टीबाट उमेश कुशवाहा र राधेश्याम साह, नागरिक उन्मुक्ति पार्टीबाट पृथ्वीनारायण सिंह थारू र नागेन्द्र प्रसाद चौधरी, नेपाल जनमुक्ति पार्टीबाट भुवन थापा मगर र रामएकवाल मण्डल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट अमिताभ बच्चन दास र किशोरी यादव, नेपाल संघीय समाजवादी पार्टीबाट विमला अन्सारी र सैदर अन्सारी तथा बहुजन एकता पार्टीबाट प्रकाश महरा र सुजित महरा रहेका छन्।

Oplus_16908288

बैठकले आगामी भदौ १० गतेभित्र मधेश प्रदेशका आठवटै जिल्लामा जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको छ। त्यसका लागि सप्तरीमा जनमत पार्टी, सिरहामा बहुजन एकता पार्टी, महोत्तरीमा नेपाल जनमुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी, सर्लाहीमा नागरिक उन्मुक्ति पार्टी, रौतहटमा आम जनता पार्टी, बारामा जसपा नेपाल र आम जनता पार्टी, धनुषामा जसपा नेपाल तथा पर्सामा प्रगतिशील लोकतान्त्रिक पार्टीलाई जिम्मेवारी तोकिएको छ।

त्यसैगरी, मोर्चाले संगठन विस्तार र जनपरिचालनका लागि दुईवटा क्षेत्रीय भेला गर्ने निर्णय गरेको छ। भदौ २७ गते जनकपुरधाममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाही गरी पाँच जिल्लालाई समेटेर क्षेत्रीय भेला आयोजना गरिनेछ। त्यस्तै, रौतहट, बारा र पर्सालाई समेटेर असोज ३ गते वीरगन्जमा बृहत् भेला गर्ने निर्णय भएको छ।

गणेश यादव र गरिमा चौधरीको घटनाप्रति शोक

बैठकले सिरहा निवासी गणेश यादवको नेपाल प्रहरीको गोली प्रहारबाट भएको मृत्यु तथा बारा निवासी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

मोर्चाले दुवै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई तत्काल न्याय तथा उचित क्षतिपूर्ति उपलब्ध गराउन र घटनामा संलग्न दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

मोर्चाले मधेशका राजनीतिक, सामाजिक तथा जनअधिकारका सवाललाई प्रभावकारी रूपमा उठाउँदै आगामी दिनमा संगठन विस्तार र जनपरिचालनलाई तीव्रता दिने जनाएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर