
१ साउन, रौतहट । पेसीका लागि रौतहट जिल्ला अदालत पुर्याइएका चोरी मुद्दाका एक जना अभियुक्त हतकडीसहित फरार भएका छन् । जिल्ला कारागार रौटहटबाट अदालत पुर्याएको अवस्थामा ती अभियुक्त फरार भएका हुन् । प्रहरीले उनको पहिचान खुलाएको छैन ।
अदालत पुर्याएका बेला शौचालय गएका उनी शौचालयको भेन्टिलेसनबाट निस्किएर फरार भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले उनको व्यापक खोजी गरिरहेको जनाएको छ







