Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

महोत्तरीको भंगहा नगरपालिकामा ४ जनाको रहस्यमयी मृत्यु

प्रतिक्षा खबर
२०७७ बैशाख १७, बुधबार १६:००

महोत्तरीको भंगहा नगरपालिकामा ४ जनाको रहस्यमयी मृत्यु भएको छ । वडानम्बर ७ स्थित मेघनाथ गोरहन्ना टोलमा बुधवार विहानसम्म ४ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा स्थानीय ४० वर्षका मोहन चौधरी, ५२ वर्षका नथुनी चमार, ५४ वर्षका लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षका गंगाराम सदा रहेको वडाध्यक्ष वासुदेव सिंह थारुले जानकारी दिए ।
उनका अनुसार मंगलबार साँझदेखि बुधबार बिहानसम्ममा उनीहरुकाे मृत्यु भएको हाे। सबै रक्सी पिउने व्यक्ति भएकाले विषाक्त मदिराकै कारण उनीहरुको मृत्यु भएको हुन सक्ने वडाध्यक्ष सिंहको अनुमान छ ।महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले शव पोस्टमार्टम नगरी रक्सीकै कारण मृत्युु भएको निष्कर्षमा पुग्न नसिकने बताए ।‘केही मानिस झाडापखालाबाट, केही रक्सी नखाने व्यक्तिको पनि मृत्युु भएको छ,’ उनले भने, ‘तीन/चार दिनको अन्तरालमा उनीहरुको मृत्यु भएको हामीले खबर पाएका छौं । एक जनाको शवलाई पोस्टमार्टम गर्न शव नियन्त्रणमा लिन प्रहरीको टोली जलाउने ठाउँमा पठाएका छौं। पोस्टमार्टम पछि मात्र केही भन्न सकिन्छ ।’गंगाराम सदाको शव जलाउने स्थलमा प्रहरी पुग्दा जलाइ सकिएको थियो । लालबाबु सिंहलाई बिहान जनकपुर उपचारका लागि लाँदै गर्दा बाटोमै मृत्युु भएको थियो । चार जनामध्ये उनको शव मात्र जलाउन बाँकी रहेकाले प्रहरीले नियन्त्रणमा लिन गएकाे हाे ।यसैबीच मृतक लालबाबुको घरबाट प्रहरीले रक्सी बरामद गरेको छ । यसकाे परिक्षण गरिने प्रहरीले जनाएको छ ।विषाक्त मदिरा सेवनबाट उनीहरुको मृत्युु हुन सक्ने अाशंका भएपछि प्रहरीले स्थानीय मदिरा भट्टीमा छपामारी गरेको छ । स्थानीय रामपुकार सिंहको घरमा मदिरा तयार गर्न राखेको ८ सय लिटर कच्चा पदार्थ प्रहरीले नष्ट गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर