Advertisement
ताजा खबर
भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय

भारतमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ८सय८५ पुग्याे

प्रतिक्षा खबर
२०७७ बैशाख १५, सोमबार ११:५३

प्रतीक्षा खबर
रामगाेपालपुर, वैशाख १५ गते ।
विश्वभर तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट छिमेकी मुलुक भारतमा ८ सय ८५ जनाको ज्यान गएको छ भने संक्रमितको संख्या २७ हजार ८ सय ९० पुगेको छ ।
पछिल्लो एक सातामा मात्रै ३ सय २१ जनाको मृत्यु भएको छ । आइतबार एकै दिनमा ५८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । शनिबार ४५, शुक्रबार ५७, बिहीबार ४०, बुधबार ३५, मंगलबार ५३ र सोमबार ३३ जनाको मृत्यु भएको छ ।
दैनिक भास्करले उल्लेख गरेअनुसार कोरोनाबाट आइतबार महाराष्ट्रमा मात्रै १९ जनाको मृत्यु भएको छ भने गुजरातमा १८ जनाले ज्यान गुमाएका छन् ।
भारतमा कोरोनाबाट ज्यान गुमाएकामध्ये सबैभन्दा धेरै महाराष्ट्रमा रहेका छन् । जहाँ ३४२ जनाको मृत्यु भएको छ । महाराष्ट्रको मुम्वईमा मात्रै २०४ जनाको मृत्यु भएको छ ।
यस्तै गुजरातमा १५५, मध्यप्रदेशमा १०३, दिल्लीमा ५४, राजस्थानमा ४१, आन्ध्र प्रदेशमा ३१, उत्तर प्रदेशमा ३०, तेलंगानामा २६, तमिलनाडुमा २४ जनाको मृत्यु भएको छ ।
पश्चिम बंगाल २०, कर्नाटक १९, पंजाव १८, जम्मू कास्मिर ७, हरियाणा ५, केरला ३, झारखण्ड ३, बिहार २, हिमाञ्चल २, आसाम १, मेघालय १, ओडिसा १ र पुडुचेरी १ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर