Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

रविको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति : सिके राउत

प्रतिक्षा खबर
२०८३ जेष्ठ २०, बुधबार २१:३१

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति भएको बताएका छन् । सभापति लामिछानेले आज त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको भेटवार्तालाई लिएर अध्यक्ष राउतले गम्भीर राजनीतिक टिप्पणी गरेका हुन् ।

सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिचको भेटघाट सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै डा.राउतले यो भ्रमण मधेसी समुदायलाई राजनीतिक रूपमा किनारा लगाउने अर्को रणनीतिक योजना नहोस् भनी सचेत गराएका छन् ।

अध्यक्ष राउतले वर्तमान राजनीतिक परिदृश्यलाई जोड्दै इतिहासमै पहिलो पटक मधेसी समुदायको छोरा बालेन्द्र शाह प्रधानमन्त्री बनेको अवस्थामा उनको विकल्प खडा गर्न खोजिएको आशङ्का समेत व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘चाहे जसको भरमा होस्, जुनसुकै पार्टीबाट होस्, एउटा मधेसी प्रथम पटक नेपालको प्रधानमन्त्री बनेको छ । तर बडो ऐतिहासिक तामझामको मञ्चन गरेर उसको विकल्प खडा गर्ने र अरू मधेसीलाई झैँ उसलाई पनि दुर्दिन र हैसियत देखाइदिने षडयन्त्र बुनिँदैछ ।’

लामिछानेको भारत भ्रमणको भित्री उद्देश्य प्रधानमन्त्रीलाई पदबाट हटाउने खेलसँग जोडिएको दाबी समेत राउतले गरेका छन् ।

नेपालको राजनीतिक इतिहासमा मधेसी नेताहरूमाथि सधैँ प्रहार हुने गरेको उल्लेख गर्दै अध्यक्ष राउतले विगतका घटनाक्रमहरूको स्मरण गराएका छन् । तराई कांग्रेसको स्थापनाकालदेखि हालको जसपा नेपाल र जनमत पार्टीसम्म आइपुग्दा कुनै पनि मधेसी नेतृत्वलाई देशमा स्थायी रूपमा स्थापित हुन नदिइएको उनले टिप्पणी गरेका छन् ।

आजसम्म नेपालमा कुनै पनि मधेसी नेतालाई स्थापित हुन नदिएको भन्दै उनले चाहे पार्टी फोडेर होस्, बदनाम गराएर होस्, देशद्रोहीको बिल्ला भिडाएर होस्, पक्राऊ र इन्काउन्टर गराएर होस् वा शून्यमा झारेर होस्, मधेसी नेताहरूलाई सधैँ पाखा लगाएको गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर