Advertisement
ताजा खबर
रविको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति : सिके राउत चोरी गर्न आएका समूहको गोली लागेर दुई जना घाइते भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु

रविको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति : सिके राउत

प्रतिक्षा खबर
२०८३ जेष्ठ २०, बुधबार २१:३१

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति भएको बताएका छन् । सभापति लामिछानेले आज त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको भेटवार्तालाई लिएर अध्यक्ष राउतले गम्भीर राजनीतिक टिप्पणी गरेका हुन् ।

सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबिचको भेटघाट सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै डा.राउतले यो भ्रमण मधेसी समुदायलाई राजनीतिक रूपमा किनारा लगाउने अर्को रणनीतिक योजना नहोस् भनी सचेत गराएका छन् ।

अध्यक्ष राउतले वर्तमान राजनीतिक परिदृश्यलाई जोड्दै इतिहासमै पहिलो पटक मधेसी समुदायको छोरा बालेन्द्र शाह प्रधानमन्त्री बनेको अवस्थामा उनको विकल्प खडा गर्न खोजिएको आशङ्का समेत व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘चाहे जसको भरमा होस्, जुनसुकै पार्टीबाट होस्, एउटा मधेसी प्रथम पटक नेपालको प्रधानमन्त्री बनेको छ । तर बडो ऐतिहासिक तामझामको मञ्चन गरेर उसको विकल्प खडा गर्ने र अरू मधेसीलाई झैँ उसलाई पनि दुर्दिन र हैसियत देखाइदिने षडयन्त्र बुनिँदैछ ।’

लामिछानेको भारत भ्रमणको भित्री उद्देश्य प्रधानमन्त्रीलाई पदबाट हटाउने खेलसँग जोडिएको दाबी समेत राउतले गरेका छन् ।

नेपालको राजनीतिक इतिहासमा मधेसी नेताहरूमाथि सधैँ प्रहार हुने गरेको उल्लेख गर्दै अध्यक्ष राउतले विगतका घटनाक्रमहरूको स्मरण गराएका छन् । तराई कांग्रेसको स्थापनाकालदेखि हालको जसपा नेपाल र जनमत पार्टीसम्म आइपुग्दा कुनै पनि मधेसी नेतृत्वलाई देशमा स्थायी रूपमा स्थापित हुन नदिइएको उनले टिप्पणी गरेका छन् ।

आजसम्म नेपालमा कुनै पनि मधेसी नेतालाई स्थापित हुन नदिएको भन्दै उनले चाहे पार्टी फोडेर होस्, बदनाम गराएर होस्, देशद्रोहीको बिल्ला भिडाएर होस्, पक्राऊ र इन्काउन्टर गराएर होस् वा शून्यमा झारेर होस्, मधेसी नेताहरूलाई सधैँ पाखा लगाएको गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर