Advertisement
ताजा खबर
थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै

सुहाङले गरे एमाले संसदीय दलको नेतामा दाबी

प्रतिक्षा खबर
२०८२ चैत्र १८, बुधबार १३:१८

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले पार्टी संसदीय दलको नेतामा दाबी गरेका छन् । पार्टी कार्यालय च्यासलमा आज बसेको दलको बैठकमा उनले दलको नेतामा दाबी गरेका हुन् ।

पार्टीको विधि पद्धति तथा वरिष्ठताक्रमको विषयमा आफू अवगत रहेको र त्यसलाई सम्मान गरेको भन्दै उनले अहिलेको आवश्यकता युवा नेतृत्व भएको बताएको बैठकमा सहभागी एक नेताले बताए ।

‘अहिलेको जनभावना अनुरुप, आवश्यकता अनुसार र सँगसँगै पार्टीले नै अवलम्बन गरेको सिद्धान्त प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र लोकतान्त्रिक अभ्यासलाई पनि अपनाउने हुँदा म आफ्नो इच्छा व्यक्त गर्दछु,’ सुहाङको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

‘अहिले देशको परिस्थितिलाई नजरअन्दाज नगर्न उनले नेताहरुलाई अनुरोध गरे । ‘यो परिस्थितिको आवश्यकता के हो त ?’ प्रश्न गर्दै उनले भनेका थिए, ‘सदन र सदन बाहिरको अवस्थालाई हामीले हेरेर बुझ्न सक्छौं ।’

‘मेरो भनाइ बिल्कुल पनि अग्रजले गर्न सक्नुहुन्न भन्ने होइन । मेरो नारा नै अहिलेको आवश्यकता युवाको ऊर्जासँगसँगै अग्रजको अनुभव र आशिर्वाद हो,’ सुहाङको भनाइ थियो ।

यसअघि सांसद पदको शपथ ग्रहण गर्न सिंहदरबार पुगेका बेला सुहाङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसदीय दलको नेता बन्न आफू तयार रहेको बताएका थिए ।  ‘पार्टीले मलाई अगाडि बढ भन्दा मैले खुट्टा कमाउदिनँ,’ उनले भनेका थिए ।

इलाम-२ बाट दोहोरिएर निर्वाचित सुहाङ ३६ वर्षका छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर