• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महन्थ ठाकुर र उपेन्द्र यादवबीच मनमुटाव


महन्थ ठाकुर र उपेन्द्र यादवबीच मनमुटाव

Oplus_16908288

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बिच एकता भइसकेको छ। दुई पार्टीबिच एकता भएर ‘जसपा नेपाल’ कायम गरिए पनि महन्थ ठाकुरको बबरमहलस्थित तत्कालीन लोसपा नेपालको कार्यालय अझै बन्द भएको छैन।

अहिले जसपा नेपालका पार्टी कार्यालयहरू दुई ठाउँबाट सञ्चालित छन्। एकीकृत जसपा नेपालको संरक्षकसमेत रहेका महन्थ ठाकुर आफ्नै पुरानो कार्यालयमा बस्छन् भने अध्यक्ष उपेन्द्र यादव जसपा नेपालको बालकुमारीस्थित कार्यालयमा बस्छन्। महन्थ ठाकुर पक्षका अधिकांश नेताहरू बबरमहलस्थित पार्टी कार्यालयमै भेटिन्छन्।

चुनावअघि एकपटक एकीकृत पार्टीको बैठक बसेको थियो। त्यसयता बैठक बस्न सकेको छैन भने चुनावको समीक्षा पनि हुन सकेको छैन। चुनावको समयमा लोसपा नेपाल हुँदै जसपा नेपालसँग एकता गरेको वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) भने त्यहाँबाट अलग भइसकेको छ।

चैत १५ गतेका लागि बोलाइएको केन्द्रीय समन्वय समितिको बैठकमा पार्टीका संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भएपछि बैठक स्थगित गरिएको थियो। बैठकका लागि केन्द्रीय समन्वय समितिका अधिकांश सदस्यहरू पार्टी कार्यालय पुगिसकेका थिए, तर संरक्षक र अध्यक्ष नै बैठकमा नआएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा गठन भएको सरकारलाई बधाई तथा शुभकामना दिँदै विज्ञप्ति जारी गरी बैठक स्थगित गरिएको थियो।

१५ गतेको बैठकमा सहभागी एक नेताले भने, ‘अध्यक्ष उपेन्द्र यादवसँग कसैको सम्पर्क हुन पाएको थिएन, उता संरक्षक महन्थ ठाकुरसँग सम्पर्क गर्दा अस्वस्थताका कारण बैठकमा आउन नसक्ने बताउनुभएको थियो।’

अर्को बैठक कहिले बस्ने भनी निश्चित भएको छैन। संरक्षक र अध्यक्ष नै बैठकमा नआउने भएपछि बैठक स्थगित गरिएको बताइएको छ।

यद्यपि, केन्द्रीय समन्वय समितिका सदस्य डा. सुरेन्द्रकुमार झाले जारी गरेको विज्ञप्तिमा भने तयारी नपुगेका कारण बैठक स्थगित गरिएको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘चैत १५ गतेका लागि तय भएको पार्टीको केन्द्रीय समन्वय समितिको पूर्वनिर्धारित बैठकलाई सफलताका साथ सम्पन्न गर्न थप केही समय आवश्यक परेको हुँदा आजको बैठक अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगन भएको व्यहोरा जानकारी गराउँदछौँ।’

बैठक स्थगित भएपछि जसपा नेपालका नेताहरू शैलेन्द्र शाह, उमेश यादव लगायत तत्कालीन लोसपा नेपालको कार्यालय पुग्दा संरक्षक महन्थ ठाकुर त्यहीँ बसेका थिए। अस्वस्थताका कारण बालकुमारीस्थित जसपा नेपालको बैठकमा जान नसकेका महन्थ ठाकुर आफ्नै पुरानो कार्यालयमा बसेको देख्दा नेताहरूलाई आश्चर्य लागेको थियो। यद्यपि, ठाकुरले त्यहाँ पनि आफू अस्वस्थ नै रहेको बताएका थिए।

यस्तो घटना भएको यो पहिलो पटक भने होइन। २०७७ वैशाखमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बिच एकता भएर जसपा नेपाल बनेपछि पनि यस्तै भएको थियो। दुवै पार्टीबिच एकता भए पनि महन्थ ठाकुरले बबरमहलस्थित आफ्नो पुरानो पार्टी कार्यालय छाडेका थिएनन्।

उनका लागि बालकुमारीस्थित जसपा नेपालको कार्यालयमा पनि कार्यकक्ष बनाइएको थियो। तर, त्यहाँ उनी आक्कलझुक्कल मात्र जान्थे, प्रायः आफ्नै पुरानो पार्टी कार्यालयमा बस्ने गर्थे। बिस्तारै दुवै अध्यक्षबिच मनमुटाव सुरु भएको थियो।

एक वर्ष नबित्दै जसपा नेपाल विभाजन भयो। महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी लगायतका नेताहरू त्यहाँबाट निस्केर २०७८ भदौमा लोसपा नेपाल गठन गरेका थिए। त्यसपछि महन्थ ठाकुर बस्दै आएको पार्टी कार्यालयलाई पुनः लोसपा नेपालको कार्यालयका रूपमा सञ्चालन गरिएको थियो।

पाँच वर्ष नबित्दै फेरि २०८२ पुसमा लोसपा नेपाल र जसपा नेपालबिच एकीकरण भयो। दुई पार्टीबिच एकीकरण भए पनि सम्बन्ध सुमधुर नदेखिएको जसपा नेपालका एक नेताले बताए। जसपा नेपालका संरक्षक ठाकुर भर्खरै राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन्।

त्यसमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको ठूलो समर्थन रहेको छ। जसपा नेपालका अध्यक्ष यादवले त्यतिबेला समर्थन नगरेको भए उनी राष्ट्रिय सभा सदस्य बन्न सक्दैनथे, तर प्रतिनिधि सभा चुनावमा भने ठाकुरको भूमिका सकारात्मक नरहेको उपेन्द्र यादव निकटका नेताहरू बताउँछन्।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको चाहनाविपरीत संरक्षक ठाकुरले आफ्नी छोरीलाई उम्मेदवार बनाएका थिए। छोरीलाई उम्मेदवार बनाएपछि उनी सोही क्षेत्रमा मात्र केन्द्रित भए। उनी आफैँ उम्मेदवार नभएका कारण अन्य क्षेत्रमा गएर चुनावी माहोल बनाउनुपर्थ्यो, तर उनी आफ्नो क्षेत्रबाट बाहिर नगएको भन्दै पार्टीभित्र गुनासो भइरहेको थियो।

यता, आफूलाई अस्वस्थ बताउने ठाकुरले आजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भने भेटघाट गरेका छन्।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

सरकारले संविधान संशोधनका लागि कार्यदल बनाएकोमा मधेस केन्द्रित दल सकारात्मक
अन्तर्राष्ट्रिय

सरकारले संविधान संशोधनका लागि कार्यदल बनाएकोमा मधेस केन्द्रित दल सकारात्मक

१७ चैत्र २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दी रहेका पाँच चिकित्सकको काज फिर्ता

१७ चैत्र २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

ओली पक्राउको विरोधमा एमालेले घोषणा गर्‍यो देशव्यापी प्रदर्शन

१७ चैत्र २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

रवि लामिछाने र महन्थ ठाकुरबिच भेटवार्ता

१७ चैत्र २०८२, मंगलवार


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh