Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

महोत्तरी–४ मा डा सुरेन्द्र कुमार यादवको घरदैलो तीव्र क्षेत्र नं४का मतदातासँग प्रत्यक्ष संवाद

प्रतिक्षा खबर
२०८२ फाल्गुन १६, शनिबार १६:३४

रामगाेपालपुर  – सुरेन्द्र कुमार यादव जनता समाजवादी पार्टी नेपालका प्रतिनिधिसभा सदस्यकाे उम्मेदवारले महोत्तरी जिल्ला निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत पर्ने ३७वटै वडाका टोलमा घरदैलो कार्यक्रम गरिरहेका छन धेरैमा गरीसकेका छन र आज साेनमा गाउँपालिका वडा नं१र२मा घर दैलाे गर्नुभएको छ।घरदैलो अभियानका क्रममा उम्मेदवार यादवले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै उनीहरूका समस्या, गुनासा र सुझाव सुन्नुभएको थियो। कार्यक्रममा स्थानीयवासी तथा युवाहरूले फूलमाला र खादा लगाएर उहाँलाई स्वागत तथा सम्मान गरेका थिए।पछीलाे समयमा यस क्षेत्रबाट चुनाब जितेकाे नेताले केही न गरेकाे स्थानियहरुले गुनासाे समेत सुनाएका छन ।

संवादका क्रममा स्थानीय सहभागीहरूले विगतमा निर्वाचनका समयमा मात्र आश्वासन दिइने तर विकास र रोजगारीका क्षेत्रमा अपेक्षित उपलब्धि नदेखिएको गुनासो व्यक्त गरेका छन्। उनीहरूले यसपटक सक्षम र नयाँ नेतृत्वलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्।

उम्मेदवार यादवले निर्वाचित भएपछि स्थानीय समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीलाई केन्द्रमा राखी विकासका कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस क्षेत्रकाे समस्या संघीय संसदमा पुर्‍याई क्षेत्रको समग्र विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ।

घरदैलो कार्यक्रममा सहभागी स्थानीयवासीहरूले आगामी निर्वाचनमा उम्मेदवार यादवलाई पूर्ण साथ र समर्थन रहने विश्वास व्यक्त गरेका छन्। निर्वाचन नजिकिँदै जाँदा महोत्तरी–४ मा उहाँले घरदैलो अभियानलाई थप तीव्र बनाउँदै गाउँ–टोलमै पुगेर जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिइरहनुभएको छ।

विकास निर्माण, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्दै उम्मेदवार यादवले स्वच्छ, पारदर्शी र उत्तरदायी राजनीति आजको आवश्यकता भएको धारणा राख्नुभएको छ। स्थानीयवासीका अनुसार महोत्तरी निर्वाचन क्षेत्र नम्बर–४ मा विभिन्न दलका उम्मेदवारबीचको प्रतिस्पर्धा दिन प्रतिदिन रोचक बन्दै गएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर