• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

पर्साका चार क्षेत्रबाट चुनावी मैदानमा उत्रिए चार पूर्वमन्त्री


६ माघ, वीरगञ्ज । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा पर्सा बाट पर्साबाट चारजना पूर्वमन्त्रीहरूले उम्मेदवारी दिएका छन् ।

पर्साको निर्वाचन क्षेत्र नम्बर १ मा एमालेबाट प्रदीप यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरी गत आइतबार एमाले प्रवेश गरेका यादवले उम्मेदवारी दिएका हुन् ।

पछिल्लो समय जसपा नेपालबाट टिकट पाउने सम्भावना कमजोर देखिएपछि उनले अन्तिम समयमा पार्टी परिवर्तन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट टिकट लिए ।

०७९ मा पहिलो पटक वनमन्त्री भएका यादव, स्वास्थ्य तथा संख्यामन्त्री हुँदै खानेपानीमन्त्री समेत बने ।

यादव यसपटक पर्सा–१ बाट हयाट्रिक गर्ने दाउमा छन् । उनी ०७४ मा संघीय समाजवादी फोरम र ०७९ मा जनता समाजवादी पार्टी (जसपा), नेपालबाट निर्वाचित प्रतिनिधिसभा सदस्य थिए ।

यता नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री अजय कुमार चौरसियाले पनि उम्मेदवारी दिएका छन् । विघटित प्रतिनिधि सभा सदस्य चौरसिया यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा कानूनमन्त्री थिए ।

०७९ प्रतिनिधी निर्वाचनमा २८ हजार ४ सय ५१ मत ल्याई विजयी भएका थिए । विद्यार्थी अवस्थादेखि नै राजनीतिमा संलग्न चौरसिया ०५१ सालदेखि नेपाली कांग्रेस, पर्सा जिल्ला कार्यसमिति सदस्य रहँदै आएका थिए ।

०५६ मा उनी पर्सा क्षेत्र नम्बर २ बाट सांसदमा निर्वाचित भए । २०५८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी स्थानीय विकास मन्त्रालयको सहायक मन्त्री समेत बने । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नं ३ बाट चुनाव जिते ।

त्यस्तै नेपाली कांग्रेसका अर्का पूर्वमन्त्री सुरेन्द्र चौधरीले पनि पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

चार पटक सांसद निर्वाचित भएका र पटक–पटक मन्त्री भइसकेका चौधरी नेपाली काँग्रेस पर्साका पूर्व सभापति, पूर्व केन्द्रीय सदस्य हुन् । वौद्धिक र इमान्दार छवि भएका चौधरीले विज्ञान तथा प्रविधि मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालिसकेको अनुभव छ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका रमेश रिजालले पनि मनोनयन दर्ता गराएका छन् ।

६ दशक लामो राजनीतिक संघर्ष गरेका रिजालले २०७९ सालको निर्वाचनमा नेकपा एमालेका जालिम मियाँ मन्सुरीलाई पराजित निर्वाचित भएका थिए । रिजालले ३१ हजार १ सय ४२ र मन्सुरीले २५ हजार ६ सय १२ मत पाएका थिए ।

पर्साको जगरनाथपुर गाउँपालिका–५, धर्मपुर मसिहानीमा जन्मिएका रिजाल १४ वर्षकै उमेरमा एसएलसी गरेर वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसबाट वाणिज्यशास्त्रमा स्नातक भए ।

उनी विद्यार्थी जीवनमा नेविसंघको राजनीतिमा सक्रिय बने । २०२६–०४६ को अवधिमा पटक–पटक गरी ३ वर्ष जेल जीवन बिताए ।

पर्सा कांग्रेसको सचिवको जिम्मेवारीबाट पार्टी राजनीतिमा आएका रिजालले २०५९ सालमा प्रजातान्त्रिक कांग्रेस गठन हुँदा शेरबहादुर देउवालाई साथ दिएका रिजाल प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा ०७९ मा नेपाली काँग्रेसको तर्फबाट उद्योग मन्त्रीमा नियुक्त भएका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

महोत्तरी-१ मा उज्यालो नेपालका उम्मेदवार गुप्ता एमाले प्रवेश

७ माघ २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

निर्वाचन कर्मचारी सवार जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु

७ माघ २०८२, मंगलवार
मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह
अन्तर्राष्ट्रिय

मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह

७ माघ २०८२, मंगलवार
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
अन्तर्राष्ट्रिय

आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

७ माघ २०८२, मंगलवार
Next Post

सर्लाही-२ : नेकपाका महेन्द्र रायको उम्मेदवारी दर्ता

रेशम चौधरीले पनि गराए कैलाली-१ बाट उम्मेदवारी दर्ता


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh