• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेस झर्दै गरेका बालेनसँग भयभीत मधेसी नेता !


लोकतान्त्रिक मोर्चामा उम्मेदवारीको भागबन्डा मिलाउन सकस

Oplus_16908288

काठमाडौँ । माघ ५ गतेदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को परिचय फरक बन्दै छ । माघ ४ गते राजीनामा दिएपछि उनी महानगरका मेयर रहने छैनन् र हुनेछन् रास्वपाका वरिष्ठ नेता । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका बालेनले आफ्नो पहिलो राजनीतिक यात्रा मधेसबाट सुरु गर्दै छन् । मधेसकै महोत्तरी पुर्ख्यौली घर भएका उनी माघ ५ गते प्रदेश राजधानी जनकपुर झर्दैछन् । उनी मधेस झर्ने भएसँगै मधेस केन्द्रित दलका नेता एक किसिमको भय सिर्जना भएको टिप्पणी पनि सुनिन थालेको छ ।

मधेस केन्द्रित दल र नेकपा एमालेका नेताहरू बालेनको चर्चाले बढी विचलित भएको देखिन्छ । रास्वपाले बालेनलाई प्रधानमन्त्री उम्मेदवारको रूपमा अघि सारेको छ । अनि मधेसबाट पहिलो प्रधानमन्त्रीको नाराका साथ रास्वपाले बालेनलाई मधेसमा उतार्दै छ । झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने तयारीमा रहेका उनलाई महोत्तरीबाट पनि चुनाव लड्न सुझाव आइरहेको छ ।

रास्वपाले चुनावी प्रचारको सुरुवात मधेस प्रदेशको राजधानी जनकपुरबाट गर्नुलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ । जनकपुरका प्राध्यापक तथा राजनीतिक विश्लेषक भोगेन्द्र झा भन्छन्, ‘रास्वपालाई थाहा छ, मधेसले साथ नदिएसम्म बहुमत ल्याउन सकिँदैन, प्रधानमन्त्री बनाउन सकिँदैन । त्यसलाई मध्यनजर गर्दै मधेसमा बालेनलाई उतारेर आफ्नो चुनावी अभियान सुरु गरेको छ ।’

एक त बालेन आफैँमा चर्चित व्यक्ति हुन् । देशभरका युवाले मन पराउँछन् । त्यसमा पनि मधेसी समुदायका भएका कारण मधेसको सेन्टिमेन्ट तान्न रास्वपाले बालेनलाई मधेसमा उतारेको झाको विश्लेषण छ । बालेन मधेसमा उत्रेपछि रास्वपाले थुप्रै सिट त्यहाँबाट जित्न सक्ने दाबी समेत गरिएको छ । रास्वपासँग मधेसका जेनजी अगुवाहरू पनि जोडिएका छन् ।

तराई-मधेस मात्र आधार क्षेत्र रहेका दलहरूलाई भने रास्वपा र बालेन ठुलो चुनौती बन्न सक्ने विश्लेषण हुन थालेको छ । बालेन क्रेजले विशेषगरी मधेस केन्द्रित दल र एमालेका नेता-कार्यकर्ताहरू तनावमा देखिएका छन् । झापा-५ बाटै बालेनले चुनाव लड्ने भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली उनको आलोचनामा केन्द्रित भएका छन् ।

मधेस केन्द्रित दल र एमालेको बालेन लक्षित आलोचनाको कुनै अर्थ नरहने रास्वपा नेतृ ममता शर्मा बताउँछिन् । रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति शर्मा भन्छन्, ‘मधेसमा रास्वपा बलियो हुँदै छ भन्ने थाहा पाएर बालेनको विरोध गरेका हुन् । बालेन मधेसी हुनुहुन्छ, उहाँ मधेसमा गएपछि झन् शक्तिशाली बन्नुहुन्छ भने डर मधेसी नेताहरुमा देखिएको छ । त्यही भएर उहाँहरूले विरोध गर्नुभएको हो ।’एमाले केन्द्रीय सदस्यीय एवं मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सरोज यादव बालेनलाई मधेसले स्वीकार नगर्ने दाबी गर्छन् । ‘काठमाडौँमा असफल मेयरका रूपमा जनमत गुमाइसकेको, आफ्नै जन्मथलो महोत्तरीमा समेत राजनीतिक उपस्थिति देखाउन नसक्ने ‘फेसबुकिया प्रधानमन्त्री’ भनेर चिनिने बालेन अब झापाबाट चुनाव लड्ने चर्चा सुनिएको छ । तर काठमाडौँमा साइकल, ठेला र कबाड जस्तो स-साना व्यापार गर्ने मधेसी व्यापारीलाई गरिखान नदिने व्यक्तिलाई मधेसको जनमत मिल्ने सम्भावना छैन,’ यादवको जिकिर छ ।

जसपा नेपालका नेता जितेन्द्र यादव बालेन मधेस आउनुमा आफूहरूको कुनै आपत्ति नरहेको बताउँछन् । ‘रवि आफैं सहकारी ठगीमा मुछिएको व्यक्ति हुनुहुन्छ, मधेसप्रति उहाँको धारणा स्पष्ट छैन । मधेस संघीयताका लागि लडेको हो, यदि बालेन प्रधानमन्त्री भएर देशमा संघीयता समाप्त हुन्छ कि भन्ने हाम्रो चिन्ता हो,’ यादव भन्छन्, ‘संघीयता समाप्त गर्न बालेनलाई प्रयोग गरिरहेको छ कि भन्ने हाम्रो चिन्ता पनि हो ।‘

जनता समाजवादी पार्टी निकट युवा संघका अध्यक्ष मनिष यादव जेनजी आन्दोलनको आत्मा बेचेर पार्टी खोल्ने र घण्टी बजाउनेहरूसँग मधेसी युवा सचेत रहनुपर्ने बताउँछन् । ‘जेनजी आन्दोलनपछि विभिन्न रूपमा मधेसमा छिर्ने प्रयास भइरहेको छ, त्यसको सचेततापूर्वक सामना गर्नुपर्छ,’ उनी जिकिर गर्छन्, ‘बालेन मधेस जाँदै छन् भन्नेमा हाम्रो कुनै आपत्ति छैन । आपत्ति उनको प्रवृत्ति र व्यवहारसँग छ, मधेसको बारेमा उनको बुझाइ नै गलत छ ।‘

जनकपुरका कांग्रेस नेता जीवनाथ चौधरी बालेन शाहको विरोध गर्नुको कुनै औचित्य नरहेको बताउँछन् । ‘उनी एउटा दलका राष्ट्रिय नेता हुन्, जहाँ पनि जान पाउँछन् । त्यसको विरोध गर्न मिल्दैन । जसले बालेनको विरोध गरिरहेका छन् त्यो हारको मानसिकता हो,’ उनी भन्छन्, ‘मधेसमा त कांग्रेसका सभापति शेरबहादुर देउवा आउँछन्, एमालेका अध्यक्ष केपी शर्मा ओली पनि आउँछन्, प्रचण्ड आउँछन् त्यसको विरोध हुँदैन । बालेनको मात्र विरोध गर्नु भनेको प्रोपगान्डा हो ।

बालेन काठमाडौँमै हुर्केकाले मधेसको बारेमा कम जानकारी होला तर उनले प्रयास गरिरहेको चौधरी बताउँछन् । ‘बालेन मधेसको होइन, मधेसी होइन भनेर विरोध गर्नु हारको मानसिकता हो,’ उनी भन्छन् ।

२०७९ सालको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले मधेस प्रदेशमा समानुपातिकमा एक लाख सात हजार ८४ र प्रत्यक्षमा ३२ हजार ५३७ मत ल्याएको थियो । जब कि मधेश प्रदेशमा ३३ लाख ८६ हजार ६२८ मतदाता छन् । यसलाई आधार मान्ने हो भने आगामी चुनावमा रास्वपाले निकै मेहनत गर्नुपर्ने देखिएको छ । रास्वपाको हालसम्मको संगठन वा मत सहर बजार केन्द्रित छ । रास्वपा सबभन्दा कमजोर मधेसमा नै देखिएको छ । त्यही भएर रणनीतिक रूपमा रास्वपाका सभापति रवि लामिछानेले बालेनलाई मधेसमा उतारेर चुनावी अभियान सुरू गरेको हुनसक्छ ।

बालेनका काका पर्ने राजनीतिक विश्लेषक ई. सत्यनारायण साह भन्छन्, ‘बालेन मधेसमा के गर्छन् के गर्दैनन्, त्यो कुराको आधिकारिक जानकारी छैन तर उनी मधेस जाँदै छन्, देशको प्रधानमन्त्री बन्दैछन् भने त्यो निकै खुसीको कुरा हो । मधेस वा देश कुनै व्यक्ति, समुदाय वा दलको होइन, सम्पूर्ण नेपाली जनताको हो, हरेक व्यक्ति हरेक ठाउँमा स्वतन्त्रतापूर्वक जान पाउने संविधानले अधिकार दिएको छ ।‘

मधेस केन्द्रित दलहरूले बालेनको विरोध गर्नुमा आफूहरूको हालीमुहाली बन्द हुन्छ भन्ने भय रहेको साहको टिप्पणी छ । ‘रास्वपा शक्तिमा आएमा मधेसमा उनीहरूको हालीमुहाली अवश्य बन्द हुन्छ । सात-आठ वर्षदेखि मधेसवादी दलले मधेसमा के गरिरहेका छन्, ती सबै कुरा मधेसी जनतालाई थाहा छ,’ उनी भन्छन्, ‘कुनै नेता वा दलले विरोध गर्दैमा अब मधेसी जनताले पत्याउने छैनन् ।‘

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्य

सिट बाँडफाँटका लागि सङ्घीय लोकतान्त्रिक मोर्चाका तीन मोडालिटी

४ माघ २०८२, शनिबार
अन्तर्राष्ट्रिय

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

४ माघ २०८२, शनिबार
जसपा नेपाल र लोसपाबिच १२ बुँदे सम्झौता : संरक्षक महन्थ ठाकुर, अध्यक्ष उपेन्द्र यादव
अन्तर्राष्ट्रिय

महन्थ ठाकुरलाई जिताउन भन्दै जसपा नेपालद्वारा समिति गठन

४ माघ २०८२, शनिबार
प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै
अन्तर्राष्ट्रिय

प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

४ माघ २०८२, शनिबार
Next Post

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

सिट बाँडफाँटका लागि सङ्घीय लोकतान्त्रिक मोर्चाका तीन मोडालिटी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh