
काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन् । माघ ४ गते लागु हुने गरी राजीनामा दिएको पाण्डेले जानकारी दिए ।
उनले भने ‘मैले राजीनामा दिइसकेको छु । ४ गतेबाट मात्रै लागु हुनेछ,’ उनले भने । पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई राजीनामा बुझाएका हुन् ।
उनी काठमाडौँबाट नै चुनाव लड्ने तयारीमा छन् । ‘ म मेयरसाब जुन पार्टीमा हुनुहुन्छ, त्यही पार्टीबाट चुनाव लड्छु । काठमाडौँकै कुनै क्षेत्रबाट लड्छु क्षेत्र फिक्स भइसकेको छैन,’ पाण्डेले भने ।






































































































