• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

बंगलादेशमा फेरि अर्का हिन्दु युवकको हत्या


बंगलादेशमा फेरि अर्का हिन्दु युवकको हत्या

ढाका । बंगलादेशमा फेरि भिडले एक हिन्दु युवकको कुटपिट गरी हत्या गरेको छ ।

राजबारी जिल्लाको होसेनडाँगा गाउँमा बुधबार राति करिब ११ बजेको समयमा यो घटना भएको हो । प्रहरीका अनुसार मृतक २९ वर्षीय अमृत मण्डल उर्फ सम्राटका रूपमा पहिचान गरिएको छ । प्रहरीले अमृतलाई जबरजस्ती असुलीको आरोपमा भिडले मारेको जानकारी दिएको छ । उनी होसेनडाँगा गाउँकै बासिन्दा थिए । प्रहरीका अनुसार अमृतविरुद्ध पाङशा प्रहरी चौकीमा दुई वटा मुद्दा दर्ता थिए, जसमा एउटा हत्याको मुद्दा पनि समावेश छ ।

यसअघि डिसेम्बर १८ मा ढाका नजिकै हिन्दु युवक दिपु चन्द्र दासको हत्या भएको थियो । उनलाई रूखमा झुन्ड्याएर जलाइएको थियो ।

अमृतमाथि गिरोह बनाएर जबरजस्ती असुलीको आरोप

‘डेली स्टार’को रिपोर्टअनुसार स्थानीय बासिन्दाले अमृतमाथि आपराधिक गिरोह बनाएको आरोप लगाएका छन् । रिपोर्टका अनुसार उनी लामो समयदेखि जबरजस्ती असुली र अन्य आपराधिक गतिविधिमा संलग्न थिए । भारतमा लामो समय लुकेर बसेपछि हालै उनी घर फर्किएका थिए । अमृतले गाउँका बासिन्दा शाहिदुल इस्लामसँग जबरजस्ती असुलीको रकम मागेका थिए । डिसेम्बर २४ को रात अमृत र उनका साथीहरू शाहिदुलको घरमा पैसा लिन गएका थिए । परिवारका सदस्यहरूले ‘चोर’ भनी चिच्याएपछि स्थानीय मानिसहरू घटनास्थलमा पुगे र अमृतलाई कुटपिट गरे ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित– भण्डारी र राणा गगनको पक्षमा, तुलाधरको फरक मत

१० पुष २०८२, बिहीबार
अन्तर्राष्ट्रिय

राजु पाण्डेले दिए राजीनामा

१० पुष २०८२, बिहीबार
अन्तर्राष्ट्रिय

फेरि देउवासँगै भिड्ने तयारीमा सागर ढकाल

१० पुष २०८२, बिहीबार
अन्तर्राष्ट्रिय

देउवा पक्षले भन्यो– निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो

१० पुष २०८२, बिहीबार
Next Post
आपत्तिजनक टिप्पणी प्रकरणमा अफरोज आलमले मागे माफी

आपत्तिजनक टिप्पणी प्रकरणमा अफरोज आलमले मागे माफी

औरही नगरपालिकालाई प्रोटेबल ग्रामीण अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण

औरही नगरपालिकालाई प्रोटेबल ग्रामीण अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh