Advertisement
ताजा खबर
उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो अग्रगामी मोर्चाको पहिलो मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित बाढीमा पुरिएको घरबाट एक महिलाको उद्धार अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार एघारौं दिनसम्म सुरुङ र घरबाट ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र मोरङ कारागारभित्र झडप, १९ कैदीबन्दी निकालियो २९ देशबाट आइसक्यो आपत्‌कालीन राहत र आर्थिक सहयोग त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनाको परिचय खुल्यो सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धार

तस्करलाई सघाएको आरोपमा प्रदेश २का चारजना प्रहरी निलम्बन

प्रतिक्षा खबर
२०७७ जेष्ठ २२, बिहीबार ०६:५९

प्रतीक्षा खबर
रनमगाेपालपुर, जेठ २२ गते
‘तस्कर’लाई सघाएको आरोपमा प्रदेश प्रहरीले एक असईसहित चारजना प्रहरीलाई निलम्बन गरेको छ ।
आर्थिक प्रलोभनमा परेर ‘तस्कर’लाई सघाएको प्रमाणित भएपछि चारजना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको प्रदेश २ का प्रहरी प्रमुख डिआईजी धिरज प्रताप सिंहले जानकारी दिए ।
निलम्बित चारैजना सर्लाहीको विष्णु गाउँपालिकास्थित बबाल दोहन प्रहरी चौकीमा कार्यरत रहेका थिए ।
प्रहरी सहायक निरीक्षक (असई) राजाराम ठाकुर, प्रहरी हवल्दार विजय साह, चुनरमण चौरसीया र जवान अरुण तिवारीलाई निलम्बन गरिएको डिआजी सिंहले बताए ।
भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता र आर्थिक अपराध विपरित उनीहरुले ‘तस्कर’लाई सघाएको प्रमाणित भएपछि निलम्बन गरिएको डिआईजी सिंहको भनाइ छ । उनीहरु चारै जनालाई निलम्बन गरी आजै प्रदेश प्रहरी कार्यालय जनकपुर झिकाइएको छ ।
उनीहरुले भारततर्फ सामान ओसारपसार गर्नेहरुसँग आर्थिक लाभ लिइ सहयोग गर्दै आएको प्रमाण फेला परेपछि निलम्बन गरिएको डिआईजी सिंहले बताए ।
निलम्बन गरिएकाहरुको विषयमा प्रहरीले थप अनुसन्धान जारी राखेको डिआईजी सिंहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर