Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

सताकाे नेतृत्व अब युवाले गर्नु पर्छ : उपेन्द्र यादव

प्रतिक्षा खबर
२०८२ मंसिर १४, आईतवार १९:५२

जनकपुरधाम, मंसिर १४ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले हरेक आन्दोलनको नेतृत्व गर्दै आएका युवाहरुले सत्ताको पनि नेतृत्व गर्नु पर्ने बताएका छन ।

समाजवादी युवा संघ मधेश प्रदेशद्वारा आज जनकपुरमा आयोजित युवा नेतृत्व र सशक्तिकरण सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले हरेक परिवर्तनमा युवाहरुले नेतृत्वका साथै शहादत समेत दिदै आएको बताए । उनले भने ,‘ हरेक आन्दोनलमा युवाहरु नेतृत्व गर्दै आएका छन , उनिहरुको सहभागिता विना दुनियाको कुनै पनि आन्दोलन सम्भव भएको छैन । उनिहरुले सत्ताको पनि नेतृत्व गर्नु पर्छ ।’

युवाहरुलाई सम्बोधन गर्दै अध्यक्ष यादवले युवाहरुलाई उमेरले मात्र नभई सोच र चिन्तनले समेत युवा बन्नु पर्ने बताए । अग्रगामी क्रान्तिकारी सोचबोकेकाहरुलाई मात्र युवा भन्न सकिने उनको कथन थियो ।

आसन्न प्रतिनिधिसभाको निर्वाचन र संघर्षलाई साथ साथ अघि बढाएको जसपाले सम्मेलन मार्फत चुनाव केन्द्रित तयारीको लक्ष्य सहित युवाहरुलाई प्रशिक्षत गरेको छ ।

युवा संघ मधेश प्रदेशका अध्यक्ष कमलेश यादवको अध्यक्षतामा भएको उक्त सम्मेलनमा जसपाका केन्द्रिय सचिव सुरेश मण्डल, कोषाध्यक्ष सुरिता साह, कार्यकारिणी सदस्य हरिनारायण यादव, केन्द्रिय सदस्यहरु, युवाका केन्द्रिय अध्यक्ष मनिष यादव सहितको उपस्थिति रहेको थियो ।

सम्मेलनमा प्रदेशभरिबाट करिब एक हजार युवा सहभागी रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर