• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मस्जिदमा भिडभाड नगर्न समझाउन गएका असईमाथि हातपात भएको छ ।


प्रतीक्षा खबर
रौतहट, चैत २८ गते ।
रौतहटको एक मस्जिदमा लकडाउनको अवधिमा भीडभाड नगर्न अनुरोध गर्न गएका एकजना नेपाल प्रहरीका असईमाथि हातपात भएको छ ।
बिहीवार साँझ रौतहटको परोहा नगरपालिकास्थित तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका असई उपर हातपात भएको प्रहरीले जनाएको छ ।
मुस्लिम धर्मावलम्बीहरुको पर्व सबे बारातको पूर्वसन्ध्यामा तेजापाकड स्थित मस्दिजमा एकैठाँउमा सैयौँको संख्यामा मुस्लिमहरु जम्मा भएर नमाज पढिरहेको बेला सम्झाउन गएका नेपाल प्रहरीका असई मुनमुन सिंहमाथि मुस्लिम युवाहरुले हात पात गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले अगामी वैशाख ३ गते सम्मको लागि लकडाउनको घोषणा गरेको छ । तर यसै अवधिमा गत राति ७ बजे मुस्लिम धर्मावलम्बीहरुको एक पर्वको अवसर भन्दै तेजापाकडस्थित एउटा मस्जिदमा एकैठाँउमा दुुईसय बढी भेला भएका थिए ।
विशेष सूचनाको आधारमा प्रहरीचौकी लौकाहाका असई मुनमुन सिंह मस्जिदमा गएर त्यसो नगर्न एकठाँउमा ठूलो संख्यामा मानिस जम्मा नहुन आग्रह गएका थिए । असई सिंहले लकडाउन उल्लंघन नगर्न भीडले कोरोनाभाइरसको संक्रमण बढ्नसक्ने कुरो सम्झाई रहँदा केही युवाहरुले उनीमाथि हातपात गरेका थिए ।
घटनालगतै जिल्ला प्रहरी कार्यालय गौर, आसपासबाट नेपाल प्रहरी सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालनपछि तेजापाकडको अवस्था साम्य भएको प्रहरीले जानकारी दिएको छ ।
असई सिंहमाथि हातपात गरेको अभियोगमा मस्जिद बाट प्रहरीले ३ जना युवालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा परोहा नपा–३ २६ वर्षीय कलाम अन्सारी, सोही ठाँउका १७ वर्षीय साजिद अन्सारी र १६ वर्षीय लालुु अन्सारी रहेको रौतहट प्रहरी प्रमुख एसपी रबीराज खडकाले जानकारी दिए ।
पक्राउ परेका तिनैजना जिल्ला प्रहरी कार्यालय गौरको नियन्त्रणमा रहेको र घटनाको प्रकृयाअनुसार मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
लकडाउन सुुरु भए यता भारत लगायत बिभिन्न स्थानको जमा बाट फर्किएका दर्जनौ मौलवी मौलानाहरु तराईका क्वारेन्टाइनहरुमा राखिएका छन ।
केहीसमय अघि एकधार्मिक कार्यक्रममा नेपाल आएका नौजना पाकीस्तानी नागरिक पनि रौतहट प्रहरीको निगरानीमा छन् ।
उनीहरुलाई कोरोनाभाइरस भए नभएको जाँचका लागी एक मस्जिदमा कवारेन्टाईनमा सरह राखिएको रौतहटका प्रजिअ बाशुदेव घिमिरेले जानकारी दिए ।
भारतको नयाँ दिल्लीबाट फर्किएका नेपाली जमातीहरुलाई पनि विभिन्न जिल्लाको क्वारेन्टाईनमा राखिएका छन् । तर केही मानिस अहिलेसम्म सम्पर्कमा आउन नसकेको रौतहट प्रहरीले जनाएको छ । टुडेपाडी

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

२८ चैत्र २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

२८ चैत्र २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

२८ चैत्र २०७६, शुक्रबार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

२८ चैत्र २०७६, शुक्रबार
Next Post

कोरोना महामारी नियन्त्रणका लागि सानिमा बैंकद्वारा १० लाख सहयोग

राहत वितरणमा विभेद , हुनेखानेलाइ राहत र गरिब विपन्नको चुलो बन्द

राहत वितरणमा विभेद , हुनेखानेलाइ राहत र गरिब विपन्नको चुलो बन्द


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh