Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने, मन्त्रिपरिषद् विस्तारको तयारी

प्रतिक्षा खबर
२०८२ कार्तिक ८, शनिबार ११:४५

गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका सोनलले दुई दिनपछि नेकपा एकीकृत समाजवादीका कनिष पटेल र जनमत पार्टीका महेश प्रसाद साहलाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए।

शुक्रबार रौतहटको चन्द्रनिगाहपुरमा बसेको पाँचदलीय बैठकपछि मुख्यमन्त्री सोनलले  भने, ‘छठपछि विश्वासको मत लिनेछु। संविधानले दिएको ३० दिनभित्र नै विश्वासको मत लिने तयारी भइसकेको छ।

नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता युवराज भट्टराई र नेकपा एकीकृत समाजवादीका मन्त्री कनिष पटेलले पनि छठ पर्वको लामो बिदाका कारण प्रक्रिया ढिलो भएको र छठपछि विश्वासको मत लिनेमा ढुक्क हुन आग्रह गरेका छन्।

जनमत पार्टीका संसदीय दलका नेता तथा बिना विभागीय मन्त्री महेश प्रसाद साहले भने, ‘हाम्रो मन्त्रालयको टुङ्गो लगभग लागेको छ, अब मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी भइरहेको छ ।

हालको गठबन्धनमा जसपा नेपालका १८, लोसपा नेपालका ८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सांसदको समर्थन रहेको छ। १०५ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ५३ मत आवश्यक पर्छ।

पूर्वमुख्यमन्त्री सतीश सिंह र पूर्वमन्त्री त्रिभुवन साहले जनमत पार्टी फुटाएर स्वराज पार्टीमा सनाखत गरे पनि सर्वोच्च अदालतले जनमत पार्टीको विभाजनमा रोक लगाएकाले उनीहरूलाई जनमतकै ह्विप लाग्ने भएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर