Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

रुबी हत्या आरोपी लक्ष्मणको शव उठेन, बुबाले मेयरसँग मागे आर्थिक सहयोग

प्रतिक्षा खबर
२०८२ भाद्र १३, शुक्रबार १६:०२
१३ भदौ, रौतहट । रौतहटकी रुबी साहका हत्या आरोपी लक्ष्मण पासवानको शव कीर्तिपुर बर्न अस्पतालबाट घर ल्याउन समस्या परेको छ । आर्थिक अभावका कारण शव उठाउन नसकिएको लक्ष्मणका बुवा जयनाथ पासवानले बताएका छन् ।

रौतहट माधवनारायण नगरपालिका-६ माधोपुरका लक्ष्मण पासवानले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका थिए । उपचारको क्रममा कीर्तिपुर वर्न अस्पतालमा उनको ज्यान गएको थियो ।

पैसा नभएका कारण मृत्यु भएको दुई दिन बितिसक्दा पनि छोराको शव ल्याउन नसिकएको भन्दै बुबा जयनाथले जनप्रतिनिधिहरूसँग आर्थिक सहयोग मागेका छन् ।

काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालबाट छोराको शव घरसम्म ल्याउने खर्च जुटाउन नसक्दा पीडा भएको जयनाथले बताए ।

‘छोरालाई उपचारका लागि काठमाडौं लगिएको थियो । त्यहीँ मृत्यु भयो । अब शव ल्याउन हामीसँग पैसा छैन,’ जयनाथले भने, ‘छोराको शव ल्याउन मेयर साहेबसँग आर्थिक सहयोग मागेको छु ।’

माधवनारायण नगरपालिकाका मेयर बैजनाथ यादवले लक्ष्मणको शव ल्याउन आफूले सहयोग गर्ने बताए ।

‘निकै दुःखद घटना भएको छ । लक्ष्मणको शव परिवारजनसम्म पुर्‍याउन सक्दो सहयोग गर्छु भनेको छु,’ मेयर यादवले भने, ‘उनको परिवारको अवस्था निकै नाजुक छ ।’

रुबीको शव गत शनिबार राति गौर-९ मा मुडवलवा गेट अगाडि सुटकेसमा फेला परेको थियो । त्यसपछि रुबी हत्याका आरोपी लक्ष्मण पासवानले आफ्नै शरीरमा आगो लगाएका थिए ।

शरीरमा आगो लागेर गम्भीर घाइते भएका उनलाई प्रहरीले उद्धार गरी उपचारमा पठाए पनि उपचारकै क्रममा ज्यान गएको थियो ।

आफूलाई आगो लगाउनुभन्दा पहिले लक्ष्मणले ९ मिनेटको भिडियो सार्वजनिक गर्दै आफूले रुबीको हत्या गरेको स्वीकार गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर