Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

धनुषाको अध्यक्षमा पशुपति यादव

प्रतिक्षा खबर
२०८२ बैशाख २९, सोमबार १२:३५

२९ वैशाख, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको अध्यक्षमा पशुपति यादव निर्वाचित भएका छन् ।

प्रथम जिल्ला अधिवेशन अन्तर्गत आइतबार भएको निर्वाचनमा उनले निकटतम प्रतिद्वन्द्वी शत्रुधन यादवलाई ४ मतले पराजित गर्दै विजयी भएका हुन् ।

पशुपति यादवले १६८ मत प्राप्त पाएर निर्वाचित हुँदा शत्रुधन यादवले १६४ मत प्राप्त गरे । पशुपति यादव यसअघि पनि जिल्ला अध्यक्ष थिए ।

दुई जना उपाध्यक्षमा दिनेशप्रसाद यादव र ललित मण्डल विजयी भएका छन् । दिनेशले १८० र ललितले १५० मत प्राप्त गरी विजयी भएका छन् ।

उनीहरुका निकटतम प्रतिद्वन्द्वी राम शंकर पासवान १२४ र अब्दुल मनाङ्गले ७७ मत प्राप्त मात्र प्राप्त गर्न सके । उपाध्यक्ष निर्वाचित दिनेश यादव धनुषाको शहीदनगर नगरपालिकाका मेयर हुन् ।

सचिवमा रामनारायण कापडी ९७ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी उमेश महतोले ७० मत मात्र प्राप्त गरेका छन् ।

उपसचिवमा राम विहारी यादव १६० र शशिचन्द्र यादव १५७ मत र कोषाध्यक्ष पदमा सुजिता यादव १५७ मत प्राप्त गरी विजयी भएका छन् ।

सदस्यहरुको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

७ पदाधिकारीसहित ५७ सदस्य जिल्ला समितिको नव नेतृत्व चयनको लागि ३४२ प्रतिनिधि रहेका थिए । जसमा मतदानमा भने ३३४ जनाले मतदान गरेका थिए

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर