Advertisement
ताजा खबर
केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जसपा सांसदद्वारा लुम्बिनी सरकारलाई समर्थन औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

जनमतमा चर्किँदै ‘अनियमितता मामिला’

प्रतिक्षा खबर
२०८२ बैशाख २२, सोमबार १२:५४

जनमतमा चर्किँदै ‘अनियमितता मामिला’

,सिराहा —जनमत पार्टीका पूर्व राष्ट्रिय उपाध्यक्ष दीपककुमार साहले गत वैशाख ८ गते पार्टी नेतृत्वमा देखिएको वित्तीय अनियमितता र शक्ति दुरुपयोग सम्बन्धी गम्भीर आरोप लगाउँदै विज्ञप्ति नै सार्वजनिक गरे । जनमत अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतमाथि आर्थिक हिनामिनासँग जोडिएका प्रकरण सार्वजनिक गर्दै साहले छानबिनको मागसमेत गरेका छन् ।

पार्टी अनुशासन विभागका प्रमुखसमेत रहेका साहले आर्थिक मामिलामा अध्यक्ष राउत अपारदर्शी र पार्टीमा परिवारवादलाई च्याप्ने गरेको आरोप लगाएका छन् । जनमतको मुख्यालय जनकपुरमा आफ्नै भवनमा छ ।
‘मधेश आश्रम’ नाम राखिएको पार्टी मुख्यालय जनमतका कोषाध्यक्ष सुरेन्द्रनारायण यादव र मधेश प्रदेश सांसद वसन्त कुशवाहाले व्यक्तिगत खर्चमा निर्माण गरेको साहको दाबी छ ।

‘जनकपुरमा मधेश आश्रम बनाउने क्रममा जग्गा खरिददेखि भवन निर्माणसम्मको म साक्षी हुँ,’ साहले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘मधेश आश्रम निर्माणका लागि राउतको सचिवालयबाट आह्वान गरिएको आर्थिक सहयोगको प्रतिक्रिया शून्य भएपछि यादव र कुशवाहाको खर्चमा भवन निर्माण भएको थियो ।’

जनमत पार्टीको मुख्यालय जनकपुर र काठमाडौंको इमाडोलमा रहेको केन्द्रीय सम्पर्क कार्यालय दुवै घर कोषाध्यक्ष यादवले पत्नी ललितादेवी यादवको नाममा राखेपछि अध्यक्ष राउत र यादवबीच विवाद चुलिएको थियो । राउतकै निर्देशनमा कोषाध्यक्ष यादवमाथि ललितपुर प्रहरी परिसरमा ठगी तथा आपराधिक विश्वासघात कसुरमा जाहेरी दिइयो । जाहेरीपछि सप्तरी प्रहरीले गत वैशाख ७ गते यादवलाई राजविराजबाट पक्राउ गरेर ललितपुर प्रहरीको जिम्मा लगाइदियो । उनै यादवको गिरफ्तारीमा आपत्ति जनाउँदै अनुशासन विभाग प्रमुख साहले पार्टी नेतृत्वप्रति गम्भीर आरोप लगाएका हुन्

जनमतका प्रवक्ता डा. शरदसिंह यादवले पार्टीको कोष अपचलन भएको हो/होइन र जनकपुरको मधेश आश्रम, इमाडोलको घर र कोटेश्वरमा रहेको प्रवासी होटेलमा भएको अनियमितता छानबिन गर्न र कानुनी प्रक्रियामा जान केन्द्रीय सचिवालय बैठकले निर्णय गरिसकेको बताए । प्रवक्ता डा. यादवले जारी गरेको विज्ञप्तिमा ललितपुर प्रहरीले पनि विभिन्न सबुत–प्रमाण बुझेर, बैंक स्टेटमेन्ट हेरेर, साक्षीसँग बयान लिएर ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा तत्कालीन कोषाध्यक्ष यादवलाई पक्राउ गरेको दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर