
हरिश्चन्द्र बाग, कञ्चनपुर, २१ बैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ तिल्कीमा आज बिहान चट्याङ लाग्दा एक महिलाको ज्यान गएको छ भने उनका पति घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार आज बिहान घरनजिकैको तरकारी बारीबाट तरकारी लिएर फर्कँदै गर्दा २४ वर्षीया लालमती रानामाथि चट्याङ परेको थियो । रानाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । सँगै रहेका लालमतीका श्रीमान् २८ वर्षीय रतन सिंह राना चट्याङ लागेर घाइते हुँदा उपचारका लागि निसर्ग अस्पताल धनगढी लगिएको प्रहरीले जनाएको छ ।





































































































