Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

ताल्चा फोडेर सहकारी संस्थामा लाखौंको चोरी

प्रतिक्षा खबर
२०८२ बैशाख २०, शनिबार २०:५०

राजविराज, बैशाख २० । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ बेल्हास्थित अमसोत सामुदायिक कृषि सहकारी संस्था लि. मा शुक्रबार मध्यराती आधा दर्जन ताल्चा फुटाएर चोरी भएको छ ।

चोरले संस्था कार्यालयको मूल ढोकासहित कार्यालय कोठा र दराजका गरि ६ वटा ताल्चा फोडेर नगद र सीसी क्यामराको डिभाइस बक्स गरि ३ लाख भन्दा बढीको सम्पत्ति चोरेर लगेका छन् ।

कार्यालयमा कोही नभएको मौका छोपी मधयरातमा ताल्चा फुटाएर भित्र प्रवेश गरेका चोरले ३ लाख १८ हजार २ सय ९५ रुँपैया नगद तथा सीसी क्यामराको डिभाइस चोरेर लगेको संस्थाकी अध्यक्ष सुमित्रा देवी चौधरीले बताइन् ।

विभिन्न बचतकर्ताबाट संकलित रकम राखिएको दराजको ताल्चा फुटाएर चोरले लगेको संस्थाका लेखापाल अशोक कुमार यादवले बताए । बचतकर्ताबाट संकलित रकम नजिकैको माछापुच्छ«े बैंकमा जम्मा गर्ने गरिएपनि शुक्रबार कार्यालय समयसम्म संकलित रकम बैकमा जम्मा गर्न नभ्याएको र आइतबार बैंक खुलेपछी जम्मा गर्ने सोच बनाएको उनको भनाई छ ।

संस्थाकी कार्यालय सहयोगि कृष्णाकुमारी चौधरीले शनिबार बिहान सरसफाईका लागि आउँदा मात्र चोरी भएको थाहा पाएको बताईन् । त्यसपछी उनले संस्थाकी अध्यक्ष चौधरी र व्यवस्थापक रामी यादवलाई फोन गरेर जानकारी गराएकी थिइन् । “बिहान आउदा मूल गेट देखी कार्यालयको सबै कोठाको ताल्चा फुटेको देखेपछी म त अक्क न बक्क भएँ, उनले भनिन्–तत्कालै अध्यक्ष र व्यवस्थापकलाई फोन गरेर जानकारी गराए ।”

चोरी घटनाको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेको नेतृत्वमा पुगेको टोलीले चोरी घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।प्रहरी नायब उपरिक्षक काफ्लेले संस्थाका कर्मचारीहरुसँग आवश्यक सोधपुछ तथा घटना स्थलको निरिक्षण पश्चात् चोरी कार्यमा संलग्न अपराधीको खोजिकार्य तिब्र बनाइएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर