Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

सोनमामा बिद्यार्थीहरुमथी प्रहरीद्वारा भएको कुटपिट तथा पक्राउको घटनालाई शिक्षक संगठनले दोषीमाथी कारबाईको माग

प्रतिक्षा खबर
२०८० भाद्र २१, बिहीबार ०१:२४

प्रतीक्षा खबर

महोत्तरी ,भदौ 20 गते

महोत्तरीको सोनमा गाँउ पालिकामा गर्न लागेको सरुवाको विरुद्ध तोकिएको शिक्षक यथावत राख्न लगायत अन्य सुधारको मागका लागि मंगलबार श्री स ज मा वि सोनमाका विद्यार्थी द्दारा गरिएको प्रदर्शनमा बिद्यार्थीहरुमथी प्रहरीद्वारा भएको कुटपिट तथा पक्राउको  घटनालाई बिभिन्न शिक्षक संगठनहरुले यस घटनालाई भर्त्सना गर्दै दोषीमाथी कडा कारबाईको माग गरेका छन् ।

सोनमा गा. पा. मा गर्न लागेको सरुवाको विरुद्ध तोकिएको शिक्षक यथावत राख्न लगायत अन्य सुधारको मागका लागि श्री स ज मा वि सोनमाका विद्यार्थी द्दारा गरिएको बृहत प्रदर्शनमा स्थानीय सरकारको अराजक व्यवहारबाट ७ विद्यार्थी भाइ बहिनी प्रहरीको दमनबाट अस्पतालमा पुर्याउने र केहीलाई थुनुवामा समेत पठाउने कार्य प्रती नेपाल शिक्षक संघ र स.शि.फो.ने.  संयुक्त रूपमा घोर भत्सर्ना गदै अस्पतालमा रहेका घाइते विद्यार्थीको उपचार र थुनुवामा हालेकोलाई अविलम्ब रिहाई नगरे सम्म पठनपाठन बन्द राख्ने निणर्य गरेको छ ।

बुधबार गरेको सरुवा सम्बन्धको बैंठकबाट जिल्ला नेपाल शिक्षक संघ ,महासंघको प्रमुख ओहदा पदाधिकारी लगायत स.शि.फो.ने संयुक्त तथा स्थानीय पीडित शिक्षक ,बाल बिकास सहयोगी कर्मचारीको उपस्थितिमा  निम्न कुरामा निणर्य पारित गरेको छ ।

बालबालिकालाई कम्मर भन्दा तल लठ्ठी चलाउने ठाउँमा आँसु ग्यास र हवाइ फायर देखि कुटपिटले घाइते बनाएको देखिएको भन्दै सात सदस्य आन्दोलन परिचालन समिति चयन गरेको बताईएको छ ।

क्रृपावाद,नातावाद ,दलगत र आस्थाको आधारमा  बाल बिकास सहयोगीलाई समेत गरिएको सरुवालाई रोक्ने त्यस्तै  यहाँ १७ वटा सामुदायिक विधालयका लागि २२६ शिक्षक कर्मचारी हुने  ठाउँमा ९८ जति शिक्षक दरबन्दी मात्रै हुनाले अहिले १२८ दरबन्दीको खांचो रहेका कारण तत्काल स्वयंसेवक शिक्षक भर्ना गर्ने आवश्यकतामा जोड दिने , अस्पतालमा रहेका घाइते विद्यार्थीको उपचार र थुनुवामा हालेकोलाई अविलम्ब रिहाई नगरे सम्म पठनपाठन बन्द राख्ने निणर्य सार्वजनिक गरेको छ ।

प्रहरी र बिद्यार्थी बिच भएको झडपमा घाईते भएर अस्पतालमा उपचार गरई रहेका घाईते बिद्याथी संग नेपाल शिक्षक संघ ,महासंघ जिल्ला पदाधिकारीहरुले वहाँहरुको स्वास्थ्य अबस्था बुझन अस्पतालमा गएर भेटघाट गर्दै घाईते बिद्यार्थीहरुलाई फलफुल बितरण गरेको छ ।

मंगलबार प्रहरीले एक दर्जन भन्दा बढी राउन्ड अश्रुग्यास प्रहार गर्नुको साथै त्यहाँ उपस्थित दर्जनौ विद्यार्थी र स्थानियहरुलाई कुटपिट समेत गरेको थियो । प्रहरीहरुको कुटपिट र अश्रुग्यास प्रहारले दर्जनौ विद्यार्थीहरु घाइते भएका छन । अश्रुग्यास लागेका  कक्षा ९ मा अध्ययनरत संध्या कुमारीको अवस्था खराब रहेको बताईएको छ । संन्ध्याको छातिमा अश्रुग्यास लागेकोले डाक्टरको अनुसार उहाको छातिको हडी भाचिएकोले अपरेसन गर्नु पर्ने देखिएको छ ।

घाइते सबै विद्यार्थीहरुको उपचार रामगोपालपुर न पा ९मा रहेको जानकी एकेडेमिक स्पिटल पर्सामा भइरहेका छन ।

उता विद्यार्थीहरुको ढुंगा प्रहारले जनपत र शस्त्र दुवै तर्फको ६ जना प्रहरी समेत घाइते भएको छ । प्रहरीले केही स्थानियहरुलाइ संकाको अधारमा छौ जनालाई नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर