लिङ्देनसहित राप्रपा सांसदहरू सिंहदरबारबाट पक्राउ


काठमाडौं, वैशाख ७ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

लिङदेनसहितका राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीहलगायलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूले सिंहदबारस्थित संसदीय दलको कार्यालय परिसरबाटै सरकारको विरोध गरेका थिए । दलको कार्यालयबाट बाहिरिँदै बानेश्वरतर्फ जान लागेको बेलामा विरोध जनाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुले यसअघि नै सामूहिक गिरफ्तारी दिने बताएका थिए ।

तीनकुने घटनामा न्यायिक छानबिन आयोग बनाउनुपर्ने, पक्राउ परेका नेताहरूलाई छाड्नुपर्नेलगायत उनीहरूको माग छ ।
News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

Next Post