Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

कोरोना महामारी नियन्त्रणको लागि आवश्यक नीति बनाउने जिम्मा विज्ञहरुलाई

प्रतिक्षा खबर
२०७६ चैत्र २१, शुक्रबार १२:०९

नागेन्द्र कुमार यादव

जनकपुरधाम, चैत २१ । मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको कोरोना महामारी नियन्त्रण निर्देशक समितिले महामारी नियन्त्रणका लागि आवश्यक नीति निर्माण गर्ने जिम्मा सम्बन्धित विज्ञहरुलाई दिएको छ ।
निर्देशक समितिले हिजो मात्र गठन गरेको स्वास्थ्य सल्लाहकार समिति संगको बैठकमा मुख्यमन्त्री राउतले महामारी नियन्त्रणको लागि सरकारले गर्नु पर्ने कार्यहरुको तथ्यगत सूचि सहितको नीति निर्माण गर्ने जिम्मेवारी दिनु भएको छ ।

उहाँले सल्लाहकार समितिलाई सम्बन्धित विज्ञहरु संगको सल्लाहमा नीति बनाएर प्रदेश सरकारलाई यथाशिघ्र उपलब्ध गराउन आग्रह गर्नु भएको हो ।
बैठकमा मुख्यमन्त्रीको नेतृत्वमा रहेको निर्देशक समिति, प्रमुख सचिवको नेतृत्वमा रहेको कार्यकारी समिति र स्वास्थ्य सल्लाहकार समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
सल्लाहकार समितिमा डा. राम केवल साह, डा. सुरेन्द्र यादव, डा. प्रविण मिश्र, डा.काशिकान्त झा, डा. विजय कुमार सिंह, डा. गरिब दास ठाकृुर, डा. जेके लाल रहनु भएको छ । सल्लाहकार समितिले आजै बाट कार्य प्रारम्भ गरेर यथाशिघ्र आफना सुझावहरु सरकारलाई बुझाउने डा. राम केवल साहले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर