Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

प्रदेश र स्थानीय तहका रिक्त पदमा ६ महिनाभित्र उपनिर्वाचनको मिति तोक्छौं : आयोग

प्रतिक्षा खबर
२०८२ माघ ६, मंगलवार १९:००

६ माघ, काठमाडौं । कतिपय प्रदेश सभा सदस्य र स्थानीय तहका पदाधिकारी राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । ति ठाउँमा ६ महिनाभित्र उपनिर्वाचनको मिति तय गरिने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार २१ फागुनको निर्वाचन सम्पन्न गरेपछि आयोग उपनिर्वाचनबारे छलफलमा जुट्नेछ ।

भण्डाीले भने, ‘२१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन गर्ने अठोट पुरा गर्छौं । त्यसपछि प्रदेश र स्थानीय तहमा कुन–कुन ठाउँमा कसरी पदहरू खाली भए भनेर हेर्र्छौं र सरकारसँग समन्वय गरेर उपनिर्वाचनको मिति तोक्छौं ।’

उनका अनुसार प्रदेश सभा सदस्य र स्थानीय तहको पदाधिकारीको पद रिक्त भएको अवस्थामा ६ महिनाभित्र निर्वाचन आयोगले उपनिर्वाचनको मिति तोक्नुपर्ने व्यवस्था छ । सोही अनुसार अगाडि बढिने उनले बताए ।

स्थानीय तहको पदाधिकारी र प्रदेश सभा सदस्यको पद ६ महिना भन्दा बढी खाली रहने अवस्थामा उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ । यसलाई पनि आयोगले ख्याल गर्ने कार्यवहाक प्रमुख आयुक्त भण्डारीले बताएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर