
जनकपुरधाम, चैत ३१ । मधेश प्रदेश सभाको चालु चौथो अधिवेशन अन्त भएको छ ।
मधेश प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कार्यालयले चालु अधिवेशन चैत ३० गते मध्यरातिबाट अन्त भएको जनाएको छ ।



प्रदेश प्रमुख कार्यालयका कानून अधिकृत सुरेन्द्र महतोद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार मधेश प्रदेश सरकारको मन्त्रीपरिषदको निर्णय अनुसार अधिवेशन अन्त भएको हो ।






































































































