• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

पूर्वराजाको बचाउमा राजावादी, निर्मल निवासमा ज्ञानेन्द्रको गुनासो !


पूर्वराजाको बचाउमा राजावादी, निर्मल निवासमा ज्ञानेन्द्रको गुनासो !
काठमाडौँ । आइतबारको प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै गणतन्त्रवादी दलका सांसदहरुले राजावादीलाई थुन्नुपर्ने मत जाहेर गरे । संसदमा यस्तो आवाज सुनिएपछि राप्रपाका सांसद राजेन्द्र लिङ्देनले छाती पिट्दै भने, ‘राजावादी यहाँ छ, सके जेल हाल !’

आइतबारको बैठकमा दोहोरो अवरोध थियो । एकातिर प्रतिपक्षी दल कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाइएको विरोधमा प्रधानमन्त्रीको जवाफ माग्दै संसदमा खडा थियो भने अर्कातिर त्यसको प्रतिवादमा सत्तारुढ दल नै आसनबाट उठेका थिए । सोही क्रममा सांसद रामहरि खतिवडा, ठाकुर गैरेलगायतले राजावादीलाई थुन्नुपर्ने माग गरेका हुन् ।

त्यसपछि लिङ्देनले आक्रोशित भन्दै थुनेर देखाउन चेतावनी दिएका हुन् ।

वर्तमान व्यवस्था विरोधी राजावादी समूहले शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । उक्त हिंसात्मक प्रदर्शनपछि प्रहरीले राप्रपाका उच्चतहका दुई नेतासहित १०० जनाभन्दा बढीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उक्त प्रदर्शन पूर्वराजा ज्ञानेन्द्र शाहकै योजना र निर्देशनमा भएको दाबीसहित उनलाई पक्राउ गरिनुपर्ने मत समेत कतिले राखेका छन् । सामाजिक सञ्जालमा उनलाई पक्राउको माग गर्दै अभियान नै चलाइएको छ ।

तर, राजावादीहरुसहित सो समूहको सबैभन्दा ठुलो शक्ति राप्रपाले आधिकारिकरुपमै यसको प्रतिवाद गरिसकेको छ । शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि अध्यक्ष लिङ्देनले पूर्वराजालाई जबरजस्ती विवादमा ल्याउने र राजनीतिमा तान्ने कार्य भएको बताए । पूर्वराजालाई विवादमा ल्याउने कार्यको पार्टीले निन्दा गर्ने उनको भनाइ छ ।

राजा फर्काउने दाबीसहित गठन गरिएको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को निर्देशक समितिकी सदस्य अस्मिता भण्डारीले  पूर्वराजालाई अनावश्यक विवादमा तान्ने काम भएको दाबी गरिन् ।

‘आन्दोलन पूर्वराजाले आएर गरेको पनि होइन । पूर्वराजाले गरिदेऊ भनेको पनि होइन’, उनको दाबी थियो, ‘अब दुर्गा प्रसाईँजी पहिलेदेखि नै आन्दोलनमा हुनुहुन्थ्यो । हामी पनि राजसंस्था पुनर्स्थापनाको पक्षमा लागेको सुरुदेखि नै हो । अहिलेको आन्दोलन समयको माग मात्रै हो ।’

पूर्वराजाको विषयमा जेजति कुरा आएका छन् त्यो उनीसँग सरोकारको विषय नभएको उनको दाबी छ । उसो त काठमाडौँ महानगरपालिकाले समेत पूर्वराजाकै नाममा तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा फोहोर मैला र तोडफोड भएको ठहरसहित पूर्वराजालाई जरिवानासहितको ८ वटा पत्र काटेको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा अब चुप नलाग्ने अभिव्यक्ति दिएका थिए । त्यतिबेला उनले देश जोगाउनका लागि आफूलाई साथ दिन देशवासीलाई आह्वानसमेत गरेका थिए । त्यसपछि भने उनले त्यसखालको सार्वजनिक अभिव्यक्ति दिएका छैनन् ।

तर, पूर्वराजाकै योजनामा तीनकुनेमा प्रदर्शन गरिएको ज्ञानेन्द्रमाथि आरोप लाग्दै आएको हो । सोही प्रदर्शनलाई लक्षित गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त अर्को गल्ती गरे भने उनले भोग्न केही पनि बाँकी नरहने चेतावनी दिइसकेका छन् ।

यस्तो पृष्ठभूमिमा ज्ञानेन्द्र अहिले निर्मल निवासमै मौन बसिरहेका छन् । यद्यपि उनले आफ्नो पक्षमा भएका आन्दोलनमा दुर्गा प्रसाईँलगायतले संयमता गुमाउँदा आफूलाई नै विवादमा तान्ने काम भएको भन्दै निकटस्थहरूसँग गुनासो पोख्ने गरेका छन् । उनी निकटस्थ स्रोतका अनुसार पूर्वराजाले आफूलाई अप्ठ्यारो नबनाइदिन आन्दोलन समितिका व्यक्तिहरूलाई भनिसकेका छन् ।

पूर्वराजाका एक सहयोगीले ज्ञानेन्द्रलाई विवादमा ल्याउन षड्यन्त्र भएको दाबी गरे । उनले भने, ‘राजाले कुनै निर्देशन पनि दिएको छैन । उहाँले कुनै समिति बनाएको पनि होइन । अनावश्यक विवादमा तान्ने प्रयास मात्रै भएको छ ।’ सरकारी पक्षबाटै पूर्वराजालाई विवादमा मुछ्ने काम भएको उनको भनाइ थियो ।

तीनकुनेको हिंसात्मक आन्दोलनपछि सरकारले राजावादीमाथि निगरानी बढाएको बताइन्छ । शुक्रबारदेखि नै आन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई नजरबन्द गरिएको छ भने उनको विकल्पमा जगमान गुरुङलाई आन्दोलनको नेतृत्व दिइएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

स्याङ्जाको एक केन्द्रमा मतदान रोकियो

१६ चैत्र २०८१, आईतवार
अन्तर्राष्ट्रिय

१ बजेसम्म खस्यो ४४ लाख मत खस्याे

१६ चैत्र २०८१, आईतवार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खस्यो

१६ चैत्र २०८१, आईतवार
अन्तर्राष्ट्रिय

महोत्तरीमा रोकिएको मतदान सुरु

१६ चैत्र २०८१, आईतवार
Next Post
दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा अर्को उजुरी

दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा अर्को उजुरी

लिङ्देनले हिरासतमा पुगेर भेटे मिश्र र राणालाई


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh